Search
Close this search box.
Search
Close this search box.

सन्दीप लामिछानेको मुद्दा आज टुंगो लगाउने तयारी

क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणीको मुद्दा माथि काठमाडौँ जिल्ला अदालतमा लामो समयदेखि बहस जारी छ ।

बहस नटुङ्गिएपछि यसलाई बिहीबार पनि हेर्दाहेर्दैमा राखियो । बिहीकार वरिष्ठ अधिवक्ता रमणकुमार श्रेष्ठको प्रतिवादी पक्षमा भएको बहस नसकिएकाले शुक्रवार पनि रमणले नै बहसको सुरुवात गर्नेछन् । रमणपछि अधिवक्ता रामेश्वर न्यौपाने र सरोजकृष्ण घिमिरेले बहस गर्ने तयारी गरेका छन् ।

EPIC EPIC EPIC

आइतबारदेखि काठमाडौँ जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासमा सुरु भएको सुनुवाइमा वादी नेपाल सरकार र जाहेरवालीको तर्फबाट बुधबारसम्म १० जनाले बहस गरेका थिए ।

प्रतिवादीतर्फबाट बहस सकिए मुद्दामाथिको सुनुवाइ आज टुङ्ग्याउने तयारी गरिएको छ । त्यसपछि यो विषयमा बहुप्रतिक्षित फैसला हुनेछ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *