सन्दीप लामिछानेले तोडे क्यानसँगको सम्झौता

काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेले नेपाल क्रिकेट संघ (क्यान) सँगको केन्द्रीय सम्झौता तोडेका छन्।

बुधबार क्यानले स्कटल्यान्डमा हुने आईसीसी क्रिकेट विश्वकप लिग २ का लागि टोली घोषणा गर्दै खेलाडीहरूलाई बिदा दिएको केही समयपछि सन्दीपले सामाजिक सञ्जालमार्फत सम्झौता तोडेको सार्वजनिक रूपमा जानकारी दिएका हुन्।

EPIC EPIC EPIC EPIC EPIC

‘धेरै सोचविचारपछि मैले यस पटक नेपाल क्रिकेट संघको केन्द्रीय सम्झौतामा नरहने निर्णयमा पुगेको छु। म क्रिकेट र राष्ट्रबाट एक कदम पनि टाढा जान खोजेको होइन। यो व्यक्तिगत र व्यवसायिकरूपमा अगाडि बढ्ने दिशातर्फको एउटा कदम हो,’ सन्दीपले लेखेका छन्।

क्यानले सार्वजनिक गरेको सूचीअनुसार सन्दीपसहित पाँच खेलाडीलाई ए ग्रेडमा राखिएको थियो। तर टोली घोषणा भएसँगै आएको सन्दीपको यो निर्णयले नेपाली क्रिकेटमा नयाँ बहस शुरु गरेको छ।

क्यानले हालसम्म सन्दीपको निर्णयबारे औपचारिक प्रतिक्रिया दिएको छैन।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *