सप्तकोशीमा पानीको बहाव बढ्यो,सर्तकता अपनाउन आग्रह

सुनसरी – लगातारको वर्षाका कारण सुनसरीस्थित सप्तकोशी नदीमा पानीको बहाव बढेसँगै बाढी जाने सम्भावना भएकोले प्रशासनले उच्च सर्तकता अपनाउन आग्रह गरेको छ ।

बाढी पूर्वानुमान महाशाखाले बुधवार साँझदेखि सप्तकोशी लगायतका नदी तथा खोलाहरु नजिकका गाउँहरु बाढीको उच्च जोखिममा रहेको भन्दै अलर्ट समेत जारी गर्दै सर्तकता अपनाउन आग्रह गरेको सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले जानकारी दिए ।

EPIC EPIC EPIC

ढकालका अनुसार देशका पहाडी जिल्लाहरुमा लगातार पानी परिरहेकाले सप्तकोशी नदीमा बाढी आउने खतरा बढेको छ ।ढकालले सुनसरीको कोशी व्यारेज, राजाबास, प्रकाशपुर, मधुवन, कोशीटप्पु आरक्ष लगायतका स्थानमा रहेको बाँध तथा स्परहरुको निरिक्षण गरी उक्त स्थानहरुमा बालुवाले भरिएका बोराहरु राख्ने काम गरिएको जानकारी दिए ।

हाल कोशीमा पानीको बहाव बढेपछि ब्यारेजको १९ वटा ढोका खुला गरिएको छ ।त्यस्तै नदी आसपासका बासिन्दालाई सुरक्षित स्थानतर्फ जानलाई आग्रह गरिएको छ भने  सम्भावित जोखिम न्यूनीकरण र उद्धारका लागि नेपाल प्रहरी सहितका सुरक्षाकर्मी परिचालन समेत गरिएको छ ।

बाढी पूर्वानुमान महाशाखाका अनुसार पानीको बहाव बढिरहे पनि खतराको अवस्था भने आइसकेको छैन । कोशीमा पानीको बहाव बुधवार दिउँसो १२ बजेसम्म ७५ हजार १४५ क्युसेक रहेको थियो ।

#बाढि # कोशि

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *