सफाइमा जुटे शिक्षा मन्त्रालयका कर्मचारी

काठमाडौं । सिंहदरबार परिसरभित्र आगजनी भएका मन्त्रालयमा सरसफाइको काम सुरु भएको छ ।

अहिले शिक्षा मन्त्रालयका कर्मचारीहरु टुटफुट भएका र जलेका सामान पन्छाउने अनि बढारकुडार गर्ने काममा व्यस्त छन् । क्षति आँकलन गर्ने र मर्मत सम्भार गरी पुन: सेवा सुरु गर्न तयारी सुरु गरिएको मन्त्रालयका अधिकारीहरुले बताएका छन् ।

EPIC EPIC EPIC EPIC EPIC

शिक्षा मन्त्रालयले सिंहदरबार र केशरमहल दुवै क्षेत्रबाट सेवा दिने जनाएको छ । ‘सिंहदरबारमा सरसफाइ भइरहेको छ । मन्त्रालयका केही काम केशरमहलबाट पनि प्रवाह गर्छौं,’ शिक्षा मन्त्रालयका सचिव चूडामणि पौडेलले भने ।

भदौ २३ गतेदेखि सुरु भएको जेनजी युवाको प्रदर्शनको क्रममा भदौ २४ गते सिंहदरबारको मुख्य भवनसहित सिंहदरबारभित्रका मन्त्रालयहरु, संसद भवन, सर्वोच्च अदालत, विशेष अदालत, काठमाडौं जिल्ला अदालत लगायतमा तोडफोड र आगजनी भएको थियो ।

शिक्षा मन्त्रालयका कोठाहरु र काठको भर्‍याङ जलेका छन् । कर्मचारीहरुका कार्यकक्षहरुमा तोडफोड पनि भएको छ ।

सिंहदरबार परिसरभित्रको भवनमा अहिले काम गर्न सक्ने अवस्था नरहेकाले तत्कालका लागि लैनचौरस्थित केशरमहलमा केही महाशाखा वा शाखा सार्ने तयारी गरिएको मन्त्रालयका अधिकारीहरुले बताएका छन् ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *