सभामुखले उद्घाटन गरे बुद्ध आदर्शको पुस्तकालय तथा प्रयोगशाला भवन

बुधबारे । बुद्ध आदर्श माध्यमिक विद्यालय बुद्धशान्ति -१ मा नवनिर्मित पुस्तकालय तथा प्रयोगशाला भवनको उद्घाटन गरिएको छ । संघीय संसद सचिवालय प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे तथा झापा क्षेत्र नं २ ख का प्रदेश सांसद चिन्तन पाठकले उद्घाटन गरेका छन् ।

नेपाल सरकार, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, शिक्षा तथा मानवस्रोत विकास केन्द्रबाट नमूना विद्यालयको रुपमा विकास गर्न छनोट गरिएको यस विद्यालयलाई आर्थिक वर्ष २०७९/०८० मा प्राप्त भौतिक निर्माण अनुदान तर्फ १ करोड रुपैँया प्राप्त भएको थियो । र विद्यालयको आन्तरिक श्रोतबाट ४० लाख लगानीमा आठ कोठा भएको दुईतले प्रयोगशाला तथा पुस्तकालय भवनको उद्घाटन गरिएको हो ।

EPIC EPIC EPIC EPIC EPIC

उद्घाटन कार्यक्रको अध्यक्षता विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मनोरथ तिवारीले गरेका थिएभने स्वागत विद्यालयका प्रधानाध्यापक कृष्णराज भण्डारीले गरेका थिए । कार्यक्रमको सञ्चालन शिक्षक माधव वरालले गरेका थिए ।

कार्यक्रममा बुद्धशान्ति गाउँपालिका उपाध्यक्ष भवानी खतिवडा, शिक्षा बिकास तथा समन्वय ईकाइ झापाका प्रमुख राजकुमार विक, बुद्धशान्ति गाउँपालिकाका वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरु, राजनीतिक दलका प्रतिनिधिहरु, संघसंस्थाका प्रतिनिधिहरु, स्थानीय , शिक्षक, विद्यार्थी लगायतको उपस्थित रहेको थिायो ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *