समसामयिक कविता

छ्न्द = वसन्ततिलका


यो देश सुन्दर थियो अब मास्न लागे।
साङ्ला मुसा घुरघुरे सब सक्न जागे।।
कालो मुसो जब यहाँ दरबार पस्छ।
खोजी सबै चिज वहाँ तार काट्छ।

EPIC EPIC EPIC EPIC EPIC

ढाडे प्रभावहिन भो डुहुरे मुसाले ।
फालौ लुतो मिलिजुली भनिगो कथाले।।
बा बा मिले मुलुकमा गिरिबन्धु माथी ।
कैलास दाजु प्रिय हुन् र वरिष्ठ साथी ।।

राई ठुले मुलुकमा अनि माइलाको।
उस्तै छ हालत यहाँ गरिबी कथाको।।
धेरै मुना मुलुकमा अझ जन्मिदैछ्न्।
ब्वाँसा सधैं किन यहाँ खुब पल्किदैछन्।।

आरोग्यता मुलुकमा सबको हरायो।
खै बाघ यो मुलुकमा किन पो डरायो।।
पच्चीस फायल यहाँ अब गोलखाँडी।
साङ्ला मुसा घुरघुरे सब हुन् अनाडी।।

चालीस वर्ष पछिको दिन साइलीको।
उस्तै छ हालत यहाँ खत गौथलीको।।
हुन् भाउजू मुलुककी अति नै सिपालु।
मायालु देवर सबै उनकै कृपालु ।।

नासौ मुसा घुरघुरे विष ओखतीले।
फालौ लुतो अब यहाँ जनता सबैले।।
जागौ सबै अब मुलुकमा सुन भो अबेर।
हासोस् सधैं मुलुक यो जगमा रमेर।।

-विशाल सापकोटा
       २०८१-३-१९

EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *