समस्याग्रस्त सहकारीका २१ सवारी साधन बेच्न २१ दिने सूचना

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गतको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको नियन्त्रणमा रहेका चार पाङ्ग्रे र दुई पाङ्ग्रे २१ सवारी साधनहरू लिलामी बिक्रीमा राखिएको छ।

समितिले आज २१ दिने सूचना प्रकाशित गर्दै इच्छुक व्यक्ति वा संस्थालाई तोकिएको शर्तअनुसार शिलबन्दी निवेदन पेस गर्न आह्वान गरेको हो।

EPIC EPIC EPIC EPIC EPIC

सहकारी ऐन, २०७४ को दफा १०४ बमोजिम समस्याग्रस्त घोषित भई मन्त्रालयमा लेखी आएका सहकारी संस्थाहरूको सम्पत्ति व्यवस्थापन तथा दायित्व भुक्तानीका लागि, सोही ऐनको दफा १०५ अनुसार, समितिको नियन्त्रणमा लिइएका सवारी साधनहरू मूल्याङ्कन गरी प्रतिवेदन पेश भएपछि लिलामी बिक्री प्रक्रिया अघि बढाइएको समितिले जनाएको छ।

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ को परिच्छेद ११, दफा १०६ र १०७ बमोजिम मूल्याङ्कन भई प्रतिवेदन आएको र दफा १०८९१०९ग० अनुसार जे जस्तो अवस्थामा छन् सोही अवस्थामा बिक्री गर्न सूचना प्रकाशित गरिएको हो।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *