कचनकवल। पछिल्लो समय समाजसेवमा अग्रसर कचनकवलकी वर्षा खतिवडाले कचनकवलमा तीन दिने बिशेष “हामी परिवर्तन गर्छौं तपाईको सोच, रुपान्तरणको एक आयाम” कार्यक्रम सञ्चालन गर्नुहुने भएको छ। भोलि शुक्रबार देखी आइतबारसम्म समाज रुपान्तरण सम्बन्धि कार्यक्रम सञ्चालन लाग्नुभएको हो।
कचनकवल ६ स्थित लक्ष्मी माविको सभाहलमा सञ्चालन हुने कार्यक्रममा सकारात्मक सोच, कुशल नेतृत्व अब एउटा प्रयास, ब्याक्तित्व ,नेतृत्व , मोटिभेसन एवं उद्घोषण कलाको बिकास सम्बन्धि प्रशिक्षण दिइने छ। प्रशिक्षण भने प्रशिक्षक लिला अनमोलले दिने कार्यक्रमकी आयोजक वर्षा खतिवडा जानकारी दिनुभयो।
आयोजक खतिवडा अनुसार कार्यक्रम बिहान ११ बजेदेखि १ बजेसम्म सञ्चालन हुनेछ।



















