समानतामा होइन, नेतृत्वमा नारी: सिङ्गो आकाशको दाबी!

  • सीता खरेल

समानतामा मात्र होइन, अग्रतामा नारी!
बाध्यतामा मात्र होइन, दक्षतामा नारी!

गन्तव्यमा मात्र होइन, अग्रपंक्तिमा नारी!
भावनामा मात्र होइन, सर्वशक्तिमा नारी!

EPIC EPIC EPIC EPIC EPIC EPIC

नारी एक सृष्टिकर्ता हुन्, नारी देवी हुन्। नारीलाई शक्ति, सामर्थ्य, विश्वास र पारिवारिक आधारशिलाको प्रतीकका रूपमा लिइन्छ।

नारी दिवसको वर्तमान मर्मलाई परम्परागत सोचभन्दा फरक तरिकाले, अझ सक्रिय रूपमा बुझ्न आवश्यक छ। यदि हामी नारीहरूले आफ्ना नैसर्गिक अधिकारका लागि सदियौँदेखि संघर्ष गर्दै, सीमित घेराबाहिर निस्कन खोजिरहेका छौँ भने, केही बन्धनहरू टुटिरहेका छन्, पर्खालहरू भत्किरहेका छन्। तर यो यात्रा न त सबैका लागि समान छ, न त पर्याप्त नै।

त्यसैले अब प्रत्येक नारीमा सक्रिय सहभागिता र नेतृत्वको भावना हुनुपर्छ। नारीले पुरुषसँग अधिकार खोज्ने मात्र होइन, आफैं सक्रिय भएर आफ्नो अद्भुत क्षमताको पहिचान गर्दै, त्यसको प्रभावकारी उपयोग गर्न सिक्नुपर्छ। हरेक तह र तप्कामा निडर र नेतृत्वदायी भूमिका खेल्नुपर्छ।

जसरी मानविय सोचको क्रमिक परिवर्तनले समाजमा महिलाप्रति आंशिक सुधार ल्याइरहेको छ, त्यसैगरी आगामी दिनहरूलाई अवसरको रूपमा लिएर, विवेकशील तवरले आफ्ना दुर्लभ र अद्वितीय क्षमताहरूको उपयोग गर्दै अघि बढ्न आवश्यक छ। यदि नारीहरू सहभागिता, सहकार्य, र सशक्तीकरणका माध्यमबाट हरेक क्षेत्रमा सक्रिय भए, कुनै पनि शक्तिले पुरुषप्रधान समाजको एकलौटी अधिकारलाई कायम राख्न सक्नेछैन।

नारीहरूले कमजोर भावनात्मक सोच त्यागेर, एकताबद्ध भई घरदेखि समाजसम्म तथा राज्य निर्माणका गतिविधिहरूमा सक्रिय सहभागिता जनाउनुपर्छ। पछाडि परेका तथा उपेक्षित महिलाहरूलाई सशक्तीकरण गर्दै, मनोबल उच्च पार्दै अघि बढ्न सके, समाजका सबै ढोकाहरू खुल्दै जानेछन्।

त्यसैले, यस अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा म सम्पूर्ण नारी दिदीबहिनीहरूलाई शुभकामना व्यक्त गर्न चाहन्छु—
अब नारीहरूले केवल पुरुषसँग समानता खोज्ने मात्र होइन, आफ्नो अधिकारका लागि आफैं लड्ने, अग्रसर भएर अधिकार प्राप्त गर्ने, उच्च नेतृत्व क्षमता विकास गर्ने, देश निर्माणमा महत्त्वपूर्ण भूमिका खेल्ने, नयाँ नयाँ परिवर्तनलाई आत्मसात् गर्ने, र हरेक नयाँ ज्ञानलाई आत्मसात् गर्न तत्पर रहने।

अब नारीहरूलाई कसैले दयामाया र कृपास्वरूप दिएको आधा आकाश मात्र होइन, सम्पूर्ण आकाशको दाबी गर्न सक्नुपर्छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
4
+1
0
+1
0
+1
1
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *