Search
Close this search box.
Search
Close this search box.

समालबुङमा पहिरो: सूर्योदय नगरपालिका ५ मा चार परिवार विस्थापित

इलाम। सूर्योदय नगरपालिका ५ समालबुङमा पहिराले चार परिवारको उठिवास भएको छ। करिब दुई साता अघिदेखि सुरु भएको पहिराले मेचिकिनार टोलका लाल बहादुर देवान, साख बहादुर देवान, कुसुम देवान, र बदप्रसाद देवानको करिब ४५ रोपनी जग्गा बगाएको छ। पहिरो घर नजिकै आएपछि प्रभावित परिवार नजिकैको गोठमा आश्रय लिन बाध्य भएका छन्।

लालबहादुरका अनुसार, पहिराले उनका अलैँची र अमलिसो बगान रहेको २० रोपनी, साखबहादुरको चियाबारी रहेको २० रोपनी, र बेल प्रसादको ५ रोपनी जमिन बगाइसकेको छ। असार २३ गतेदेखि लगातार तीन दिन पहिराे जाँदा चार परिवार विस्थापित भएका छन्।

EPIC

शसस्त्र प्रहरीले पहिराेको अनुगमन गरे पनि पीडित परिवारहरूलाई रेडक्रसले कम्बल र त्रिपाल वितरण गरेको छ। तर, नगरपालिकाले पर्याप्त सहयोग नगरेको मेचिकिनार टोल विकास संस्थाकी संयोजक जयन्ती गिरीले बताइन्। गिरीका अनुसार, तत्काल पीडितलाई सुरक्षित स्थानमा पुनर्वास गराएर दीर्घकालीन योजना बनाउन आवश्यक छ।

वडाध्यक्ष उर्गेन बम्जनले पहिरो प्रभावित क्षेत्रको स्थलगत अध्ययन गरी तीन परिवारलाई सुरक्षित स्थानमा अस्थाई रूपमा सारिएको र संख देवानलाई सार्ने तयारी भइरहेको बताए। वडा कार्यालयले विस्थापित परिवारहरूको लागि राहत र पुनर्वासका लागि आवश्यक कागजी प्रक्रिया सकिसकेको र नगरपालिकाको विपत व्यवस्थापन समितिले अनुगमन गरी आवश्यक निर्णय लिने जानकारी पनि बम्जनले दिए।

नगर विपत व्यवस्थापन समितिका संयोजक राज कुमार सेरेङले प्रहरीको मुजुल्का आएपछि वडाध्यक्षसँग समन्वय भइरहेको र जिल्ला दैवीप्रकोप व्यवस्थापनमा प्रमुख जिल्ला अधिकारीको सिफारिसमा प्रदेश र केन्द्रबाट सहयोग प्राप्त गर्ने तयारी भइरहेको बताए। नगरको कार्यविधि अनुसार, कर्कटपाता र आवश्यक अनुसार नगद १०-२० हजारसम्म दिने व्यवस्था गरिने पनि बताए।

स्थानीय सरकारको प्रक्रियागत ढिलाईले पीडितहरू थप कष्टमा परेको गुनासो छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *