सुकुनाडिगी । सम्पूर्ण कचनकवलका विद्यार्थीहरुलाइ समान शिक्षाको पहुँच भन्ने मुख्य नारा का साथ अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको संगठन विस्तार अभियान अन्तर्गत भदौ-२७ गते(आज) अनेरास्ववियु झापा जिल्ला कमिटी अध्यक्ष रोशन लामाको प्रमुख आतिथ्यतामा र अनेरास्ववियु कचनकवल गाउँपालिका अध्यक्ष रबिन नेपालको अध्यक्षतामा कचनकवल-२ मा रहेको लक्ष्मी प्रसाद देवकोटा मा.वि स्थित ५५ सदस्यीय क्याम्पस समिति गठन गरेको छ।
वि.स २०२२ जेष्ठ १ गतेबाट विद्यार्थीको हकहित र पठनपाठनमा विषेश भुमिका निर्वाह गर्दै आएको छ। अनेरास्ववियु राष्ट्र र राष्ट्रियता तथा स्वाभिमानका कुरा मा जहिले पनि अग्रपङ्तिमा उभिने गरेको छ। अनेरास्ववियुले कचनलवलमा विगत लामो समयदेखी विभिन्न विद्यार्थी लक्षित कार्यक्रम गर्दै आएको छ।
त्यस्तै आज सम्पन्न भएको उक्त कार्यक्रममा झापा जिल्ला सचिवालय सदस्य सलिना गुरुङ,कचनकवल गाउँपालिका कमिटी अध्यक्ष रविन नेपाल, कचनकवल वडा नं २ का वडा सदस्य गणेश भण्डारी युवा समाजसेवी विद्यार्थी नेता नवीन भण्डारीको आतिथ्यतामा उक्त कार्यक्रम सञ्चालन भएको अनेरास्ववियु कचनकवल गाउँपालिका अध्यक्ष रविन नेपालले जानकारी दिए।