Search
Close this search box.
Search
Close this search box.

सरकारको प्राथमिकतामा युवा र खेलकुद

झापा । सरकारले युवालाई सामाजिक जीवनका सबै क्षेत्रमा महत्वपूर्ण साझेदार र सम्वाहकका रूपमा अगाडि बढाउँदै उनीहरूको सर्वतोमुखी विकासका लागि वातावरण निर्माण गर्ने घोषणा गरेको छ ।

सरकारको नीतिगत प्राथमिकता र न्यूनतम साझा कार्यक्रममा त्यसका लागि युवालाई राजनीतिक, आर्थिक, सामाजिक तथा सांस्कृतिक रूपान्तरणको अभियन्ता र सम्वाहकका रूपमा विकास गर्ने उल्लेख गरिएको छ ।

EPIC

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, उच्चस्तरीय राजनीतिक समयन्त्रका संयोजक एवं नेकपा -एमाले अध्यक्ष केपी शर्मा ओलीसहितका नेताको उपस्थितिमा सार्वजनिक भएको कार्यक्रमम युवा पङ्क्तिलाई राष्ट्रिय जीवनका सबै आयाममा परिचालन गर्ने उद्घोष गरिएको छ ।

खेलकुद विकासका गुरुयोजनासहित खेलकुदका लागि आधुनिक पूर्वाधार निर्माण गर्ने तथा खेलाडीको सम्मान र वृद्धि विकासका कार्यक्रम ल्याउने प्रतिबद्धता जनाइएको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *