Search
Close this search box.
Search
Close this search box.

सरकारको १४ खर्ब बजेट खर्चमा साढे २१ अर्ब बेरुजु

काठमाडौं । सरकारको आन्तरिक लेखा परीक्षणबाट अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा साढे २१ अर्ब रुपैयाँ बेरुजु देखिएको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार यस आवमा २१ अर्ब ५१ करोड ९६ लाख रुपैयाँ बराबरको बेरुजु कायम भएको हो । गत आवमा सरकारले कुल १३ खर्ब ९३ अर्ब रुपैयाँ बजेट खर्च गरेको पनि कार्यालयको तथ्यांक छ ।

बेरुजुमध्ये नियमित गर्नुपर्ने बेरुजु ९ अर्ब १३ करोड ५० लाख, असुल गर्नुपर्ने बेरुजु १ अर्ब ९२ करोड ९६ लाख र पेस्की बेरुजु १० अर्ब ४५ करोड ४९ लाख रुपैयाँ रहेको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ ।

EPIC EPIC EPIC

हरेक वर्ष बेरुजु रकम बढ्दो क्रममा जाँदा आर्थिक अनुशासनमा प्रश्न उठ्ने गरेको छ । कार्यालयले गत बुधबार केन्द्रीय लेखाको एकीकृत वित्तीय विवरण महालेखा परीक्षकको कार्यालयमा बुझाएको छ । सो विवरणमा उल्लेख आन्तरिक लेखापरीक्षणबाट सो रकम बराबरको बेरुजु देखिएको छ ।

गत आवको अन्त्यमा नेपाल सरकारको बजेटरी निकायको कुल १८ अर्ब १२ करोड रुपैयाँ पेस्की बाँकी रहेको देखिएको छ, जसमा म्याद ननाघेको पेस्की ७ अर्ब ६६ करोड ६३ लाख र म्याद नाघेको पेस्की १० अर्ब ४५ करोड ४९ लाख रुपैयाँ रहेको समेत महालेखा नियन्त्रक कार्यालयको विवरणमा उल्लेख छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *