सरकारद्वारा चैते धानको न्यूनतम समर्थन मूल्य निर्धारण, प्रतिक्विन्टल २८६९ रुपैयाँ

सरकारले किसानसँग धान खरिद थाल्यो

झापा। सरकारले चैते धानको न्यूनतम समर्थन मूल्य तोकेको छ ।

गत साता बसेको मन्त्रिपरिषद् बैठकले चालु आर्थिक वर्ष २०८१र८२ का लागि चैते धानको न्यूनतम समर्थन मूल्य तोक्ने निर्णय गरेको हो । जस अनुसार १८ प्रतिशतसम्म चिस्यान भएको चैते धानको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल २ हजार ८ सय रुपैयाँ ६९ पैसा तोकिएको छ ।

EPIC EPIC EPIC

१८ प्रतिशतभन्दा बढी चिस्यान भएको चैते धानका हकमा भने १ प्रतिशत चिस्यानका लागि प्रतिक्विन्टल १ हजार २ सय ग्रामका दरले हुन आउने तौल घटाइ हुने तौलका आधारमा न्यूनतम समर्थन मूल्य कायम हुने निर्णय भएको मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।

सरकारको तथ्यांक अनुसार नेपालमा वार्षिक ७० लाख टन धानको माग छ । त्यसमध्ये ५४ लाख टन हाराहारी मात्र नेपालमा उत्पादन हुन्छ । बाँकी आयात गर्नुपर्ने अवस्था छ ।

कृषि मन्त्रालयका अनुसार नेपालमा चैते धानको उत्पादन क्षमता असारे धानको तुलनामा धेरै छ । तर, सिँचाइ अभावले चैते धान उत्पादन धेरै क्षेत्रफलमा विस्तार हुन सकेको छैन । असारे र चैते गरी नेपालमा साढे १४ लाख हेक्टर क्षेत्रफलमा धान खेती हुन्छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *