Search
Close this search box.
Search
Close this search box.

सरकारले किसानसँग धान खरिद थाल्यो

सरकारले किसानसँग धान खरिद थाल्यो

सरकारले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मार्फत किसानसँग धान खरिद सुरु गरेको छ।

कैलाली जिल्लाका तीन ठाउँमा धान खरिद कार्य सुरु भएको कम्पनीका धान खरिद केन्द्र प्रमुख पुष्प बजगाईँले जानकारी दिएका छन्। उनका अनुसार कात्तिक ११ गतेदेखी जिल्लाको टीकापुर, सत्ती र मोहनपुरमा धान खरिद सुरु भएको छ।

EPIC EPIC EPIC

कम्पनीले अघिल्लो वर्ष भन्दा अगावै धान खरिद सुरु गरेको हो। कम्पनीले अघिल्लो वर्ष कात्तिक १९ गतेबाट धान खरिद सुरु गरेको थियो।

कम्पनीले तिहार लगत्तै जिल्लाका भजनी, बर्दगोरीया, हसुलिया र जोशीपुरमा समेत धान खरिदको व्यवस्था मिलाउने तयारी भइरहेको बजगाईँले जानकारी दिए। उनले स्थानीय पालिकाहरूसँगको समन्वयमा धान खरिद कार्य भइरहेको बताए।

उनले किसानलाई धान बिक्री गर्न सहज होस भनेर धेरै भन्दा धेरै ठाउँबाट कम्पनीले धान खरिदका लागि व्यवस्था गरिरहेको बताए। ‘यो वर्ष बर्दगोरीया, हसुलिया र जोशीपुर थपिएका हुन’ उनले भने–‘अन्य पालिकाहरूले आवश्यक प्रबन्ध मिलाउन सके त्यहाँ समेत धान खरिदको व्यवस्था मिलाउने सोच छ।’

सरकारले यो वर्ष धानको समर्थन मूल्य ३ हजार ४१० रुपैयाँ ५१ पैसा तोकेको छ। गत वर्ष धानको समर्थन मूल्य ३ हजार १९८ रुपैयाँ थियो। कम्पनीले गत वर्ष टीकापुर, सत्ती र भजनी केन्द्रबाट १६ हजार क्विन्टल धान खरिद गरेको थियो। यो वर्ष कम्पनीले जिल्लाभर ५५ हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य राखेको छ। जिल्लाका टीकापुर, सत्ती र भजनी केन्द्रबाट सबैभन्दा धेरै धान खरिद हुन्छ। 

कम्पनीले गत वर्षको भन्दा किसानलाई सुविधा समेत प्रदान गरेको छ। गत वर्ष एक किसानले अधिकतम ३० क्विन्टल मात्रै धान बिक्री गर्न पाउनेमा यो वर्ष ५० क्विन्टलसम्म बिक्री गर्न पाइने व्यवस्था गरेको छ। त्यस्तै यसअघि मजदुरको ज्याला किसान र कम्पनीले आधा आधा व्यहोर्नु पर्नेमा यो वर्ष किसानले तिर्न नपर्ने बनाइएको छ।

किसानले धान बिक्री गर्न आउँदा सम्बन्धित वडा कार्यालयको सिफारिस सहित परिचय खुल्ने कागजात ल्याउनुपर्ने व्यवस्थालाई भने कम्पनीले निरन्तरता दिएको छ। व्यापारीले सस्तोमा किसानको धान खरिद गरेर महँगोमा कम्पनीलाई बेच्न नपाउनका लागि यस्तो व्यवस्था गरिएको बजगाईँले जानकारी दिए।

‘किसानका नाममा व्यापारीले फाइदा लिन नपाओस् भनेर यस्तो व्यवस्था गरिएको हो’ उनले भने–‘हाम्रो उद्देश्य किसानले बढी भन्दा बढी लाभ लिन सक्नुपर्छ।’

सरकारको समर्थन मूल्य सहित कम्पनीले धान खरिद गर्न थालेपछि गल्ला व्यापारीले समेत धानको मूल्य बढाएका छन्। उनीहरुले किसानसँग प्रति क्विन्टल २ हजार ७ सयदेखि २ हजार ९ सयसम्ममा धान खरिद गर्दै आएका थिए। अहिले व्यापारीले समेत प्रति क्विन्टल ३ हजार २ सय सम्ममा धान खरिद गर्न थालेका छन्।

सरकारले समयमै धान खरिद प्रकृया सुरु गरेपछि किसानहरू खुसी भएका छन्। अहिले पनि कतिपय किसानले धान स्याहार्न पाएका छैनन्। 

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *