“सरकारले हाम्रो मुख थुन्न खोज्यो” – दुर्गा प्रसाई

काठमाडौं— दुर्गा प्रसाईको नेतृत्वमा आयोजना गरिएको आन्दोलनलाई रोक्न प्रहरीले हस्तक्षेप गरेपछि स्थिति तनावपूर्ण बनेको छ। प्रसाईले सामाजिक सञ्जालमार्फत सरकारको आलोचना गर्दै प्रहरी दमनको आरोप लगाएका छन्।

प्रसाईका अनुसार उनी र उनका समर्थकहरू शान्तिपूर्ण रूपमा कार्यक्रमस्थल जाँदै गर्दा प्रहरीले अश्रु ग्यास र लाठीचार्ज गरेर प्रदर्शनलाई तितरबितर बनाउने प्रयास गरेको थियो। उनले भने, “नालायक सरकारले हाम्रो मुख थुन्न खोज्यो। प्रहरीकै दमनका कारण निजी सम्पत्तिमा क्षति पुगेको छ भने केही समर्थक र प्रहरी घाइते भएका छन्।”

EPIC EPIC EPIC EPIC EPIC

उनले सरकारविरुद्ध आन्दोलन नरोक्न अपिल गर्दै भने, “म रहूँला नरहुँला, आन्दोलन नरोकियोस्। यो व्यवस्था फेरेर मात्र अभियानले शान्तिको सास फेर्नेछ।”

प्रहरीले भने स्थिति नियन्त्रणभन्दा बाहिर जान नदिनका लागि हस्तक्षेप गर्नुपरेको जनाएको छ। घटनाका क्रममा दुबै पक्षका घाइतेहरूको उपचार भइरहेको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *