सरकारी कार्यालयमा हरेक शुक्रबार १० मिनेट सरसफाइ गर्नुपर्ने

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डेंगु रोकथामाका लागि अबदेखि हरेका शुक्रबार कार्यालय वरपर १० मिनेट सरसफाइ अभियान संचालन गर्न आग्रह गरेको छ।

मन्त्रालयले एक पत्रमार्फत आज देखि हरेक शुक्रबार बिहान साढे दश बजे दश मिनेट सबै सरकारी तथा सार्वजनिक कार्यालयहरुले आफ्नो कार्यालय हाताभित्र र वरपर सरसफाई अभियान संचालन गर्न आग्रह गरेको छ। सरसफाई अभियानमा सबै कर्मचारी सहभागी हुन आग्रह गरिएको छ।

EPIC EPIC EPIC

डेंगु संक्रमण फैलिन सक्ने भन्दै मन्त्रालयले सरसफाई अभियान संचालन गर्न आग्रह गरेको हो। गत वर्ष नेपालमा डेंगु संक्रमण हालसम्मकै अत्याधिक भएको र यस वर्ष पनि डेंगुका बिरामी बढ्न सक्ने भन्दै मन्त्रालयले सरसरफाई अभियान संचालन गर्न भनेको हो।

साथै यस अभियानमा आम सर्वसाधारण, निजी क्षेत्र र सरोकारवाला सबै व्यक्ति एवं निकायहरु सहभागी हुन मन्त्रालयले आग्रह गरेको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *