सरकार जोगाउन राजीनामा दिनसक्ने कोशीका सभामुखको संकेत

 विराटनगर । सरकार गठनका लागि समर्थन गरेर विवादमा परेका कोशी प्रदेशका सभामुख बाबुराम गौतमले राजीनामा दिनसक्ने संकेत गरेका छन् ।

बिहीबार नेपाली कांग्रेसका संसदीय दलका नेता उद्धव थापाले मुख्यमन्त्रीमा दाबी पेश गर्दा सभामुख गौतमले पनि समर्थनमा हस्ताक्षर गरेका थिए । उनकै समर्थनमा थापा मुख्यमन्त्री नियुक्त भएका छन् । तर सभामुख विवादमा परे ।

EPIC EPIC EPIC

सभामुख गौतमले भने आफू हस्ताक्षर गर्ने मनस्थितिमा नभएको, तर राजनीतिक निकासका लागि अन्तिम अवस्थामा हस्ताक्षर गर्ने निर्णयमा पुगेको बताएका छन् ।

मुख्यमन्त्रीको शपथग्रहणपछि सञ्चारकर्मीसँग कुरा गर्दै सभामुख गौतमले भने, ‘केन्द्रमा सरकारहरु बन्दा सभामुखको नाम जाने गरेको पाएँ, यहाँ साथीहरुले छुट्टै नाममा हस्ताक्षर गर्नुपर्ने जुन कुरा गरे, त्यसमा म आफू तयार थिइनँ ।’

अन्तिम अवस्थामा निकास नदिई नहुने अवस्था आएपछि हस्ताक्षर गरेको उनले बताए । ‘सदनको अध्यक्षको नाताले पक्ष र प्रतिपक्षलाई मिलाएर जानुपर्ने दायित्व छ, त्यो दायित्वको हिसाबले मैले एकातिर हस्ताक्षर गर्नुपर्ने परिस्थिति नआओस् भन्ने मेरो चाहाना थियो, त्यसका लागि अन्तिमसम्म नै प्रयास गरे’ उनले भने, ‘प्रदेशलाई निकासविहीन अवस्थामा राख्न सक्दैनथ्यौं, त्यसैले मैले निकाश दिएको हुँ ।’

साथै उनले अहिलेकै जस्तो अंकगणित रहे आफूले जिम्मेवारीबाट राजीनामा दिनुपर्ने अवस्था आउनसक्ने बताए ।

‘सहज बहुमत नभएको अवस्थामा सरकार पनि टिक्दैन’, अहिले पनि प्रदेशसभामा सत्ता र प्रतिपक्षको गणित ४६–४६ को अवस्था रहेको भन्दै उनले भने, ‘कसैको दबाबमा होइन, मेरो इच्छाले राजीनामा दिनुपर्ने परिस्थिति आउनसक्छ, किनकी नैतिकताको प्रश्न पनि छ ।’

यद्यपि सभामुखको भूमिकामा रहँदासम्म निष्पक्ष भूमिका खेल्ने गौतमले बताएका छन् । उनले अघि भने, ‘यदि हुनसक्ने स्थिति भएन, साच्चिकै अप्ठ्यारो पर्ने स्थिति आयो भने मैले यहाँ (सभामुख) बसिरहनुपर्ने आवश्यक हुन्न ।’

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *