कचनकवल। सर्पको टोकाइबाट कचनकवलमा एक ब्यक्तिको मृत्यु भएको छ। कचनकवल गाउँपालिका- ५ खुम्रीभिट्टाका ६५ वर्षीय नेहरुलाल टुडु रहेको प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिएका छन्।
पाठकका अनुसार शनिबार बिहान करिब ५ बजे आफ्नै घरको ग्वालीमा पराल निकाल्ने क्रममा टुडुलाई गोवन सर्पले बायाँ खुट्टामा डसेको थियो, सर्पले डसेपछि उनलाई उपचारका लागि सर्पदंशको उपचार केन्द्र बनियानी लगिएको थियो।
उपचारका लागि समयमा अस्पताल पुर्याउन नसकेकाले टुडुको शरीरमा सर्पको विष फैलि सकेकाले भेन्टिलेरमा राखेर उपचार गर्नुपर्ने अवस्था भएको र र सर्पदंश उपचार किन्द्र बनियानीमा भेन्टिलेटरको सुविधाको अभाव भएको हुनाले उनलाई
उनलाई उपचारका लागि भद्रपुर स्थित ओमसाईं पाथीभरा अस्पताल पुर्याउन साथ अस्पतालका चिकित्सकले मृत घोषित गरेको प्रहरीले जनाएको छ।



















