सर्पको टोकाइबाट झापामा एक महिलाको मृत्यु

झापा- झापाको हल्दिबारीमा विषालु सर्पले टोकेर एक महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा हल्दिबारी गाउँपालिका–२ निवासी ४५ वर्षीया जितेन राजवंशी रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक खगेन्द्र रिजालले बताए।

EPIC EPIC EPIC EPIC EPIC

उनका अनुसार राजवंशीलाई शनिबार दिउँसो घरमै करेत सर्पले टोकेको थियो। सर्पले टोकेर गम्भीर घाइते भएकी राजवंशीलाई उपचारका लागि सर्पदंश उपचार केन्द्र चारआली लगिएको थियो।

स्वास्थ्य अवस्था जटिल बनेपछि थप उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी अस्पताल पुर्‍याए लगत्तै उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *