सर्पदंश उपचार केन्द्र बनियानीमा ७५ भारतीयसहित ६५३ जनाको सफल उपचार

सन्तोष शर्मा/झापा। झापाको कचनकवलस्थित सर्पदंश उपचार केन्द्र बनियानीमा साढे छ सय बढी सर्पदंशका बिरामीको उपचार गरिएको छ ।

केन्द्रमा पछिल्लो चार वर्षमा ७५ जना भारतीय नागरिकसहित छ सय ५३ जना सर्पदंशका बिरामीको उपचार गरिएको कचनकवल गाउँपालिकाका जनस्वास्थ्य निरीक्षक नविन मिश्रले जानकारी दिनुभयो । उपचार गरिएका बिरामीमध्ये ४८ जनालाई विषालु र छ सय चार जनालाई अविषालु सर्पले टोकेको उहाँले बताउनुभयो ।

EPIC EPIC EPIC

कचनकवल झापाको सर्पदंश प्रभावित स्थानीय तहमध्ये एक हो । सर्पदंशबाट मानिसको मृत्यु संख्या बढेपछि यहाँ २०७८ साल असार ३ गते सर्पदंश उपचार केन्द्र स्थापना गरिएको थियो । केन्द्र स्थापना भएयता उपचारका क्रममा एक जना बिरामीको पनि मृत्यु भएको छैन ।

केन्द्रमा चालू आर्थिक वर्ष २०८०/८१ को हालसम्म ४५ जना भारतीय नागरिकसहित एक सय १८ जना सर्पदंशका बिरामीलाईको उपचार गरिएको छ भने गत आव २०७९/८० मा दुई सय २४ जना सर्पदंशका बिरामी केन्द्रमा उपचारका लागि आएका थिए ।

त्यसैगरी, आव २०७८/०७९ मा दुई सय ३४ र आव २०७७/०८७ मा ७७ जना सर्पदंशका बिरामीले केन्द्रबाट उपचार सेवा लिएका छन् ।
कचनकवलसँग सीमा जोडिएको छिमेकी पालिकाका साथै भारतको सीमावर्ती क्षेत्रबाट सर्पदंशका बिरामी उपचारका लागि यहाँ आउने गरेका छन् । केन्द्रबाट छ जनाको स्वास्थ्यकर्मीको टोलीले २४ सैं घण्टा बिरामीको उपचार गर्दै आएका छन् ।

झापामा सर्पदंश उपचार केन्द्र बनियानीसँगै सर्पदंश उपचार केन्द्र चारआली, नेपाल रेडक्रस सोसाइटी सर्पदंश उपचार केन्द्र दमक र सामुदायिक सर्पदंश उपचार केन्द्र सुरुङ्गाबाट सर्पदंशका बिरामीको उपचार हुँदै आएको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *