Search
Close this search box.
Search
Close this search box.

सर्पले नौ वर्षमा ५१ हजारलाई डस्यो

झापा(पालिका सन्देश) । नेपालमा सर्पदंशको अवस्था भयावह बन्दै गएको छ । स्वास्थ्य मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाए अनुसार बिगत नौ वर्षमा ५१ हजार १६२ जनालाई सर्पले टोकेर घाइते बनाएको छ । महाशाखाकी पशु चिकित्सक डा. रोशिका श्रेष्ठका अनुसार नौ वर्षमा सर्पदंशका कूल बिरामीमध्ये सात हजार ५सय १ जना विषालु सर्पको डसाइमा परेका थिए । अरु ४३ हजार ६६१ जना विष नभएका सर्पले डसेर उपचारका लागि स्वास्थ्य केन्द्रमा आइपुगेका थिए ।

आर्थिक वर्ष २०७५÷०७६ यता हरेक वर्ष सर्पदंशका बिरामी बढिरहेका छन् । डा. श्रेष्ठका अनुसार २०७५÷०७६ मा चार हजार ५सय ६७, २०७६÷०७७ मा पाँच हजार ८१, २०७७÷०७८ मा सात हजार ९ सय २ र २०७८÷०७९ मा नौ हजार ३ सय ४६ जनालाई सर्पले डसेको छ । सर्पले डसेर उपचारका लागि स्वास्थ्य केन्द्रमा आइपुगेका बिरामीमध्ये १५ प्रतिशत जति मात्र विषालु सर्पको डसाइमा परेका हुन्छन् । हरेक वर्ष औसत एक हजार जनालाई विषालु सर्पले डस्ने गरेको महाशाखाकी पशु चिकित्सक डा. श्रेष्ठले बताइन् ।

EPIC EPIC EPIC
यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *