सर्लाहीमा मधेश प्रदेशका मन्त्रीको गाडीले ठक्कर दिँदा तीनजना युवा गम्भीर घाइते भएका छन्।
नयाँरोड बरहथवा सडक खण्डमा पर्ने बरहथवा नगरपालिका ९ मुक्तेश्वर चोकमा बुधबार मधेश प्रदेश सरकारका ऊर्जा, सिंचाई तथा खानेपानी राज्यमन्त्री शेख अबुल कलाम चढ्ने गाडीले ठक्कर दिँदा स्थानीय तीन युवा गम्भीर घाइते भएका प्रहरीले जनाएको छ।-नेपाल खबरबाट