सर्वोच्चले हेर्न भ्याएन प्रधानमन्त्री दाहालविरूद्धको रिट

काठमाडौं : सर्वोच्च अदालतले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई पक्राउ गरिपाऊँ भन्दै परेको रिट हेर्न नभ्याउने भएको छ। 

EPIC

मंगलबार अधिवक्ता ज्ञानेन्द्रराज आरणसहित १४ जना र चिरञ्जिवीवास गिरीले दायर गरेका छुट्टाछुट्टै रिट दायर गरेका थिए। 

EPIC EPIC EPIC

ती रिट न्यायाधीश विश्वम्भर श्रेष्ठको एकल इजलासमा परेको थियो। उक्त इजलासले हेर्न नभ्याउने जनाएको सर्वोच्चको वेबसाइटमा उल्लेख छ। बिहीबार हेर्न नभ्याइएकाले उक्त रिटको पेसी शुक्रबारका लागि सारिएको सर्वोच्च प्रशासनले जनाएको छ।

द्वन्द्वकालीन मुद्दालाई लिएर प्रधानमन्त्री प्रचण्डलाई पक्राउ गरी आवश्यक कारबाही गर्न आदेश माग गर्दै अधिवक्ता आरण र रामेछापका कल्याण बुढाथोकीले कात्तिकमा दिएको रिट सर्वोच्च प्रशासनले बदर गरे पनि गत शुक्रबार न्यायाधीश ईश्वर खतिवडा र हरिकृष्ण फुयालको इजलासले दर्ता गर्न आदेश दिएको थियो।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *