सर्वोत्तमको आईपीओ बाँडफाँट : २६ जनाले पाए ५१ कित्ता

काठमाडौं । पहिलो पटक बुक बिल्डिङ विधिबाट खुलेको सर्वोत्तम सिमेन्टको आईपीओ बाँडफाँट भएको छ । बिक्री प्रवन्धक ग्लोबल आईएमई क्यापिटलले एक औपचारिक कार्यक्रम आयोजना गरी आईपीओ बाँडफाँट गरेको हो । आईपीओमा मागभन्दा १८.२३ गुणा बढी आवेदन परेको थियो ।

पहिले नै कोटाको आरक्षित सेयर पाइसकेका, धेरै पटक आवेदन दिएकाहरू कुल ९३८ आवेदकको आवेदन रद्द भएको क्यापिटलले जनाएको छ ।  रितपूर्वक भरिएका कुल ९ लाख ५८ हजार ९५९ आवेदकमध्ये ५५ हजार ५२१ जनाले कम्पनीको आईपीओ पाएका छन् । उनीहरुमध्ये २६ जनाले ५१ कित्ताका दरले पाएका छन् भने बाँकीले ५० कित्ताका दरले पाएका छन् ।

EPIC EPIC EPIC EPIC EPIC EPIC

५० कित्ताका दरले सेयर पाएकामध्ये ६० कित्ता वा सोभन्दा बढीका लागि आवेदन दिएकाहरुबाट गोलाप्रथा गर्दा २६ जनाले थप १–१ कित्ताका दरले आईपीओ पाएका हुन् ।कम्पनीले कुल कुल २७ लाख ७६ हजार ७६ कित्ता सेयर बाँडफाँट गरेको हो । सोही संख्याका लागि आवेदन माग गरिएको थियो । रितपूर्वक आवेदन दिएका ९ लाख ३ हजार ४३८ जनाको हात रित्तो भएको छ

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *