Search
Close this search box.
Search
Close this search box.

सलाई उद्योगमा आगलागी, चार करोड बढीको क्षति

बुटवल । बुटवलको एक सलाई उद्योगमा आगलागी भएको छ । बुटवल उपमहानगरपालिका-१५ स्थित महालक्ष्मी मैच फ्याक्ट्रीमा हिजो (मंगलबार) राति ८ बजेदेखि १२ बजेसम्म आगलागी भएको छ ।

आगलागी हुँदा चार करोड बढी क्षति भएको उद्योगका सञ्चालक राजेन्द्र ढकालले बताएका छन् ।

EPIC

रुपन्देहीसहित छिमेकी जिल्लाका स्थानीय तहबाट आएका ८ वटा दमकलले चार घण्टामा आगलागी नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डिएसपी ठगबहादुर केसीले बताए ।

आगलागीबाट उद्योगको भवन, कच्चा पदार्थ र तयारी उत्पादन सबै जलेर पूर्णरुपमा नष्ट भएको प्रहरीले जनाएको छ ।

उद्योगको विद्युत् सर्ट भएर आगलागी भएको हुनसक्ने अनुमान गरिएको र घटनाबारे थप अनुसन्धान हुने डिएसपी केसीले बताए ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *