Search
Close this search box.
Search
Close this search box.

सल्यानमा यात्रुबाहक बस दुर्घटना, १२ जनाको मृत्यु १८ घाइते

सल्यान । आइतबार बिहान सल्यानबाट दाङको तुलसीपुरका लागि छुटेको ना २ ख २५५२ नम्बरको यात्रुबाहक बस कपुरकोट गाउँपालिका-५, खारखोलामा दुर्घटना भएको छ ।

दुर्घटनामा ६ जनाको घटनास्थलमै र ६ जनाको उपचारका क्रममा अस्पतालमा गरी १२ जनाको मृत्यु भएको सल्यान प्रहरी प्रमुख डीएसपी गोविन्द थापाले जानकारी दिए ।

EPIC

दुर्घटनामा परी सल्यानको शारदा नगरपालिका-२ की ६१ वर्षीया मीना डाँगी, शारदा-३ की ६६ वर्षीया लीला बुढाथोकी, त्रिवेणी गाउँपालिका-१ की २४ वर्षीया मीना शाही, क्षत्रेश्वरी गाउँपालिका-२ का २९ वर्षीय तिलक वली र सल्यान शारदा नगरपालिका-१२ की ५३ वर्षीया प्रभा चलाउनेको मृत्यु भएको डीएसपी थापाले जानकारी दिए ।

यस्तै, दाङको शान्तिनगर गाउँपालिका-८ की ३५ वर्षीया सावित्रा केसी, शान्तिनगर-६ कोरबाङका ५ वर्षीय सुरज वली, बबई गाउँपालिका-४ की ६० वर्षीया डुली रेउले, बबई गाउँपालिका-६, पञ्कुलेकी ७० वर्षीया कलाबती बुढाथोकी र घोराही उपमहानगरपालिका-१० नारायणपुरकी ६५ वर्षीया इन्द्रा अधिकारीको मृत्यु भएको उनले बताए । मृतक दुई जनाको भने सनाखत हुन बाँकी छ ।

दुर्घटनामा १८ जना यात्रु घाइते भएको र तीमध्ये सात जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । बसमा ३० भन्दा बढी यात्रु सवार थिए । बस सडकबाट करिब दुई सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *