सवारी ज्यान मुद्दामा अनुसन्धान गर्न प्रकाश भुजेलमाथि पाँच दिन म्याद थप

काठमाडौं।सवारी दुर्घटनापछि पक्राउ परेका झाँक्री प्रकाश भुजेललाई अनुसन्धानका प्रहरीले अदालतबाट पाँच दिन म्याद पाएको छ। जिल्ला अदालत काठमाडौंले पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो।

हिजो भुजेलले हाँकेको गाडीले ठक्कर दिएर एक मोटरसाइकल चालकको मृत्यु भएको थियो। केहीबेर फरार बनेका झाँक्रीले बेलुकी बौद्ध प्रहरीमा पुगेर आत्मसमर्पण गरेका थिए। उनलाई प्रहरीले सवारी ज्यान मुद्दा लगाउने तयारी गरेको छ।

EPIC EPIC EPIC

दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक नारायण नगरकोटीको उपचार क्रममा ग्राण्डी अस्पतालमा हिजो मृत्यु भएको थियो। पछाडि सीटमा बसेकी उनकी पत्नी सानुमाया नगरकोटी गम्भीर घाइते अवस्थामा उपचाररत छिन्। भेन्टिलेटरमा उपचाररत उनको अवस्था नाजुक रहेको बताइएको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *