Search
Close this search box.
Search
Close this search box.

सवारी दुर्घटनामा चार जनाको मृत्यु, थुप्रै घाइते

accident-makwanpur-81.jpg
तस्बिर – मकवानपुरको मनहरीमा शनिबार दिउँसो दुर्घटनाग्रस्त स्कारपियो, कार र स्कारपियो एक आपसमा ठोक्किँदा चालकसहित आठ जना गम्भीर घाइते भएका छन् । रासस

काठमाडौँ । देशका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा चार जनाले ज्यान गुमाएका छन् । बाजुरा, बुढीनन्दा नगरपालिका ९ अंगाउपानीस्थित सडकमा मार्तडीबाट कोल्टीतर्फ जाँदै गरेको सुपप्र ०१–००१ च ४४३० नम्बरको जिपको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ६० वर्षीया रूपशिला धामीको शुक्रबार दिउँसो मृत्यु भएको छ। 

ठक्करबाट गम्भीर घाइते भएकी उनको पाण्डुसैन स्वास्थ्य चौकीमा उपचारको क्रममा मृत्यु भएको हो। जिप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। 

EPIC EPIC EPIC

रोल्पा, त्रिवेणी गाउँपालिका ४ सिमपानीस्थित सडकमा लु १ च ८६८७ नम्बर पिकअप जिप शुक्रबार दिउँसो दुर्घटना हुँदा चालक माडी गाउँपालिका १ भित्ताबाङ बस्ने २० वर्षीय हुकुम घर्तीको मृत्यु भएको छ। 

दुर्घटनामा गम्भीर घाइते भएका उनको सिमपानी बुढागाउँ स्वास्थ्य चौकीमा उपचारको क्रममा मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएका जिपमा सवार ३ जना मध्ये २ जनाको राप्ती प्रादेशिक अस्पताल तुल्सीपुर दाङमा र १ जनाको नर्सिङ होम नेपालगंज बाँकेमा उपचार भइरहेको छ। 

झापा, मेचिनगर नगरपालिका १५ स्थित सडकमा हाल नम्बर नखुलेको सवारी साधनको ठक्करबाट पैदलयात्री भारत कुच बिहार पश्चिम बगाल बस्ने २५ वर्षीय अप्पु रायको शुक्रबार राति मृत्यु भएको छ। 

ठक्करबाट गम्भीर घाइते भएका उनको आम्दा अस्पताल धुलाबारीमा उपचारको क्रममा मृत्यु भएको हो । साथै उक्त सवारी साधनको ठक्करबाट घाइते भएका अन्य १ जना पैदलयात्रीलाई थप उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड पठाइएको छ। ठक्कर दिने सवारी साधनको प्रहरीले खोजी गरिरहेको छ। 

मकवानपुर, मनहरी गाउँपालिका ६ डिपार्टस्थित सडकमा बागमती प्रदेश ०१-०२६ च ५२५० नम्बरको स्कारपियो र बा१६ च ८३२४ नम्बरको कार एकआपसमा ठक्कर खाई शनिबार दिउँसो दुर्घटना हुँदा कार चालक हेटौंडा उपमहानगरपालिका ४ बस्ने ६० वर्षीय सुरेन्द्र लाल श्रेष्ठको मृत्यु भएको छ। 

दुर्घटनामा गम्भीर घाइते भएका उनको एलाइभ अस्पताल चितवनमा उपचारको क्रममा मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएका अन्य ७ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ। 

दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ। 

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *