Search
Close this search box.
Search
Close this search box.

सशस्त्र प्रहरीले राष्ट्रव्यापी कविता प्रतियोगिता गर्ने

काठमाडौं। सशस्त्र प्रहरी बलले आफ्नो २३ औं वार्षिकोत्सवको अवसर पारेर राष्ट्रव्यापी कविता प्रतियोगिता आयोजना गर्ने भएको छ ।

प्रतियोगितामा सहभागी हुन इच्छुकले यही पुस २९ गतेभित्र सशस्त्र प्रहरी बल, नेपालको कार्यादेशसँग सम्बन्धित रहेर तीन सय शब्दमा नबढाई apfspokesperson@gmail.com मा प्राप्त हुने गरी कविता पठाउन सक्ने छन् ।

EPIC

कविता लेखन तथा वाचन प्रतियोगितामा सहभागी प्रतियोगीहरूमध्ये उत्कृष्टमा परेका १० जनाहरूले माघ ५ गते सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयमा कविता वाचन गर्ने छन् ।

प्रतियोगितामा सहभागी हुनेले सशस्त्र प्रहरी बल, नेपालका कार्यादेशहरू नेपालको कुनै भागमा भएको वा हुन सक्ने सशस्त्र संघर्ष नियन्त्रण गर्न, सशस्त्र विद्रोह वा पृथकतावादी गतिविधि नियन्त्रण गर्न, आतंककारी गतिविधि नियन्त्रण गर्न, दंगा नियन्त्रण गर्न, दैवी प्रकोप र महामारीबाट पीडितको उद्धारमा सहयोग पुर्‍याउन, नेपालको कुनै नागरिक वा अरू कसैलाई अपहरण गरिएमा अपहरित व्यक्तिको उद्धार गर्न वा अन्य कुनै किसिमको जघन्य तथा गम्भीर अपराध घटेमा वा गम्भीर प्रकृतिको अशान्ति भएमा वा हुने आशंका भएमा त्यसलाई नियन्त्रण गर्न गर्नुपर्ने विषयमा आधारित रहेर कविता लेख्नुपर्ने छ ।

यस्तै नेपालको सीमा सुरक्षा गर्न, वाह्य आक्रमणको अवस्थामा नेपाली सेनाको मातहतमा रही सहयोग गर्न, नेपाल सरकारले तोकेको सार्वजनिक महत्वका भवन, संरचना र अन्य स्थल आदिको सुरक्षा गर्न, नेपाल सरकारले सुरक्षा दिनुपर्ने ठहर्‍याएका व्यक्ति र तोकेको संस्था आदिको सुरक्षा गर्न, सशस्त्र प्रहरी बल नेपालको ऐन र ऐनअन्तर्गत बनेको नियममा उल्लेख भएका वा अन्य प्रचलित कानुनबमोजिम तोकिएका कार्यहरू गर्न, नेपाल सरकारले समय समयमा तोकेबमोजिमका अन्य कार्यहरू गर्न, नेपाल सरकार मन्त्रिपरिषद्को २०६९ असोज ११ गतेको निर्णयनुसार राजस्व, भन्सार तथा औद्योगिक सुरक्षा गर्न र २०७७ पुस १५ गतेको निर्णयनुसार रेलवे सुरक्षा गर्नअन्तर्गत रहेर कविता लेख्न सकिने छ ।

प्रतियोगितामा प्रथमलाई ५० हजार, द्वितीयलाई पुरस्कार ३० हजार, तृतीयलाई १५ हजार र उत्कृष्ठमा परेका ७ सात जना प्रतियोगीहरूलाई जनही ७ हजार रूपैयाँ नगद तथा प्रमाणपत्र प्रदान गरिने बलले जनाएको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *