सहकारीहरूलाई सम्पत्ति शुद्धीकरण विवरण साउन मसान्तभित्र बुझाउन निर्देशन

काठमाडौं। सरकारले देशभरका सबै सहकारी सङ्घ–संस्थाहरूलाई सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी विवरण बुझाउन निर्देशन दिएको छ ।

सहकारी विभागले निकालेकाे सूचनालाई आधार मान्दै सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै पालिकालाई परिपत्र गरेर निर्देशन कार्यान्वयन गर्न भनेको हो । ‘फाइनान्सियल एक्सन टास्क फोर्स’ को ‘ग्रे लिस्ट’ मा परेपछि यस्तो कदम चालेको सरकारले जनाएको छ ।

EPIC EPIC EPIC EPIC EPIC

सरकारले ‘ग्रे लिस्ट’ बाट बाहिर निस्कन सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी कार्यमा वित्तीय लगानी निवारणसम्बन्धी पाँच वर्षे राष्ट्रिय रणनीति तथा कार्ययोजना लागू गरेको छ । त्यही कार्ययोजना अन्तर्गत सहकारी क्षेत्रको नियमन र सुपरिवेक्षणलाई सशक्त बनाउन लागिएको निर्देशनमा उल्लेख छ ।

निर्देशन अनुसार सबै सहकारी सङ्घ–संस्थाहरूले आर्थिक वर्ष २०८१/८२ को विवरण साउन मसान्तभित्र अनिवार्य रूपमा फारममार्फत भर्नुपर्नेछ ।

यो व्यवस्थाले सहकारी क्षेत्रमा हुने अपारदर्शी आर्थिक कारोबारलाई निरुत्साहित गर्ने र जोखिममा आधारित अनुगमन प्रणालीलाई बलियो बनाउने सरकारले अपेक्षा गरेको छ ।

गएकाे वर्षकाे फागुनमा सहकारी संस्थाको सङ्ख्या ३२ हजार ९ सय ६५ रहेको छ । सहकारी क्षेत्रमा ११ खर्ब २५ अर्ब २८ करोड बचत र ९ खर्ब २३ अर्ब ४७ करोड रुपैयाँ कर्जा प्रवाह भएको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *