Search
Close this search box.
Search
Close this search box.

सहकारी अभियानमा बिर्तामोड अब्बल : ३३ अर्ब ५१ करोड कारोबार

झापा । सहकारीको माध्यमबाट मुलुकको वित्तीय क्षेत्रमा योगदान पु¥याउने सवालमा झापाको बिर्तामोडका सहकारी क्षेत्र दोस्रो स्थानमा रहेको छ ।

बिर्तामोडमा मुख्य कार्यालय रही कारोबार गर्ने ८७ वटा सहकारीहरुको वार्षिक कारोबार रू ३३ अर्ब ५१ करोड भन्दा बढी रहेको छ । नेपाल ७७ वटा पालिकामा रहेका सहकारीमध्ये काठमाडौं महानगरपछि कारोबार, वित्तीय र राजश्वका आधारमा सबैभन्दा बढी योगदान बिर्तामोडमा रहेका सहकारीको रहेको जिल्ला सहकारी संघ झापाका सचिव भवानीप्रसाद दंगालले जानकारी दिनुभयो ।

EPIC

बिर्तामोडमा रहेका सहकारी संस्थाहरुले एक हजार छ सय ८७ जनालाई प्रत्यक्ष रोजगारी दिएका छन् । “बिर्तामोड नगर क्षेत्रको कूल ग्राहस्थ्य उत्पादनमा सहकारी क्षेत्रले ११।२६ प्रतिशत योगदान दिएको देखिन्छ”, उहाँले भन्नुभयो, “वित्तीय क्षेत्रमा २७ प्रतिशत योगदान छ ।”

बिर्तामोडमा वित्तीय क्षेत्रमा नीजि क्षेत्र भन्दा सहकारी क्षेत्रको योगदान बढी रहेको उहाँले बताउनुभयो । नीजि क्षेत्रको २३ प्रतिशतको हाराहारीमा योगदान गरेको उहाँले बताउनुभयो ।

एसियाली रेड महासंघले हालै प्रकाशित गरेको पुस्तकमा नेपालभरका सहकारी सहकारीमध्ये नेपालकै ठूलो सहकारी सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था र नेपालको नवौं तथा कोशी प्रदेशकै ठूलो कर्णाली बचत तथा ऋण सहकारी संस्थासमेत बिर्तामोडमै रहेको सचिव दंगालले बताउनुभयो ।

कोशी प्रदेशमा रहेका रू एक अर्ब भन्दा बढी कारोबार गर्ने १२ वटा सहकारी संस्थामध्ये झापा जिल्लाभरि १० वटा रहेका छन् । तीमध्ये चार वटा बिर्तामोडमै रहेको छ ।

बिर्तामोड नगरपालिकामा मुख्य कार्यालय रही ८३ वटा सहकारी संस्था दर्ता छन् भने नगरपालिका मातहत ३३ वटा र संघ तथा प्रदेश माहत ५३ वटा सहकारी संस्था रहेका छन् ।

नगर क्षेत्रमा रहेका सहकारी संस्थामध्ये प्रत्यक्ष रुपमा तीन वटा र अप्रत्यक्ष रुपमा छ वटा सहकारी संस्थामा समस्या देखिएको सचिव दंगाल बताउनुहुन्छ ।

बिर्तामोडको कूल जनसंख्या एक लाख ४६ हजार सात सय ९५ जनामध्ये ५७ प्रतिशत मानिस सहकारीमा आबद्ध रहेको तथ्यांक छ । बिर्तमोडमा सहकारी संस्थाहरुले रू २१ अर्बको बचत कारोबार गर्ने गरेका छन् । जसमध्ये महिलाको सहभागिता रू १५ अर्ब र पुरुषको सहभागिता देखिन्छ ।

त्यस्तै, बिर्तामोड नगर क्षेत्रका सहकारीले रू २५ अर्ब ऋण कारोबार गरेका छन् । त्यसमध्ये पुरुषले रू १७ अर्ब र महिलाले रू आठ अर्ब ऋणको कारोबार गरेको जिल्ला सहकारी संघ झापाको तथ्यांक छ ।

यहाँ रहेका सहकारी संस्थाहरुले वार्षिक करिब रू १५ करोडको हाराहारीमा राजश्वसमेत बुझाउने गरेका छन् । गत आर्थिक वर्षमा रू १४ करोड ६३ लाख ५० हजार एक सय दुई राजवश्व राज्यलाई बुझाएको उहाँले बताउनुभयो ।

“राज्यको तीन खम्बे अर्थनीति अनुसार सहकारी पनि एउटा महत्वपूर्ण क्षेत्र हो”, उहाँले भन्नुभयो, “मुलुकको अर्थतन्त्रमा ठूलो टेवा पु¥याइरहेको सहकारी क्षेत्रको नियमन, प्रबद्र्धन र सुरक्षाका लागि तीनै तहको सरकारले विशेष ध्यान दिनुपर्छ ।” झापा अनलाइनमा सन्तोष शर्माले यो समाचार तयार गर्नुभएको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *