Search
Close this search box.
Search
Close this search box.

सहुलियतको मलमा प्लाइउड उद्योगको हालीमुहाली

यो हिउँदमा पनि रसायनिक मलको चरम अभाव हुने

काठमाडौं । किसानहरूका लागि सरकारले सहुलियतमा लाएको रासायनिक मल व्यापारिक प्रयोजनका लागि दुरुपयोग हुने गरेको तथ्य बाहिर आएको छ ।

किसानहरूले प्रत्येक वर्ष बाली लगाउने समयमा मलको चर्को अभाव भोग्दै आएको छन् । नेपालमा वार्षिक रूपमा ८ लाख टन रासायनिक मलको आवश्यकता पर्दछ तर सरकारले वार्षिक ५ लाख टन मल मात्रै आयात गर्दै आएको छ । यसरी माग भन्दा कम आयात गरिने मलको पनि करिब १० प्रतिशत अर्थात ५० हजार टन रासायनिक मल व्यापारीहरु सँगको मिलेमतोमा प्लाइउड उद्योगले प्रयोग गर्ने गरेको पाइएको राष्ट्रियसभा, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बुधबारको बैठकमा जानकारी गराइएको छ ।

EPIC EPIC EPIC

यो हिउँदमा पनि रसायनिक मलको चरम अभाव हुने

नेपालमा सञ्चालनमा रहेका करिब ८० प्लाइउड उद्योगले स्थापनाका लागि स्वीकृत लिने क्रममा रेजिन नामक रसायनिक प्रयोग गर्ने भने पनि अधिकांशले युरिया मल नै प्रयोग गर्ने गरेको पाइएको बैठकमा जानकारी गराइएको छ ।

सरकारले रसायनिक मलमा प्रतिकिलो ७४ रुपैयाँ सम्म किसानलाई सहुलियत प्रदान गर्दै आएको छ । किसानका लागि ठूलो अनुदान छुटमा ल्याइएको मल व्यापारिक प्रयोजनका लागि उद्योगमा प्रयोग गरिनुले सहुलियत दुरुपयोग भएको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *