Search
Close this search box.
Search
Close this search box.

सांसदसँग घूस लिएको आरोप लागेका अधिकृत अनुसन्धानमा

सांसदले काम गराउन घूस दिएको आरोप लगाएपछि सानोठिमीस्थित पाठ्यक्रम विकास केन्द्रले आफ्ना एक कर्मचारीलाई जिम्मेवारीबाट हटाएको छ । केन्द्रका शाखा अधिकृत युद्धबहादुर सुवेदीलाई जिम्मेवारीबाट हटाएर अर्का शाखा अधिकृतलाई शाखामा लगिएको हो ।

आइतबार पूर्व वनमन्त्री एवम् जनता समाजवादीका सांसद डा. वीरेन्द्र महतोले पाठ्यक्रम विकास केन्द्रमा छोराको शैक्षिक प्रमाणपत्र इक्युभ्यालेन्ट गर्दा अर्थात् समकक्षता प्रमाणपत्र लिँदा कर्मचारीलाई ५ हजार घूस खुवाउनुपरेको गुनासो गरेका थिए ।

EPIC

उनले विहान अनलाइन फारम भरेको ३ बजेसम्म भेरिफिकेसन र एप्रुभ नभएपछि ताकेता गर्दा अधिकृतले चिया खान गएर टारेकाले घूस खुवाउनुपरेको बताएका थिए । ‘चार बजेसम्म कुरेँ आएनन्, बिचौलियालाई पाँच हजार दिएँ अनि म बाहिर बसिरहेँ, पाँच मिनेटमा काम भयो,’ उनले भनेका थिए ।

संसदमै पूर्वमन्त्रीले घूस खुवाउनुपरेको बताएपछि केन्द्रले शाखा अधिकृत ज्ञवालीलाई के भएको हो भन्नेबजारे लिखित स्पष्टीकरण सोधेको छ । स्रोतका अनुसार घटनाबारे अनुसन्धान गरेर प्रतिवेदन दिन शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले सहसचिवको नेतृत्वमा एक समिति गठनको तयारी गरेको छ ।

सो समितिले घटनाबारे अनुसन्धान गरेर दिने प्रतिवेदनका आधारमा दोषीमाथि कारवाही गरिने मन्त्रालयका एक अधिकारीले बताए । ‘अहिले उहाँ जिम्मेवारीमुक्त हुनुभएको छ,’ ती अधिकारीले भने,‘थप कारवाही के हुन्छ भन्ने अनुसन्धानमै निर्भर हुन्छ ।’

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ मा रिसवत अर्थात् घूस लिने/दिनेलाई के कति सजाय हुने भन्ने प्रावधान छ। रिसवत लिइसकेको भए रिसवत जफत हुने र २५ हजार रुपैयाँसम्म रिसवत लिनेलाई ३ महिनासम्म कैद सजाय हुने व्यवस्था छ । सोही दफामा घुस दिनेलाई पनि त्यसैअनुसार कारवाहीको प्रावधान छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *