बागलुङमा दुई समूहबीच झडप हुँदा ६ युवा घाइते भएका छन् । जैमिनी नगरपालिका-२ पौखराचौरमा भएको खेलकुद तथा सांस्कृतिक कार्यक्रममा वडा नम्बर २ र ९ का युवाबीच सोमबार बेलुका झगडा र कुटपिट हुँदा उनीहरू घाइते भएका हुन् ।
झडपमा डबल राना, महेन्द्र थापा, दीपु राना, दीपु थापा, विष्णु थापा र सुनिल परियार घाइते भएको बागलुङ प्रहरीका सूचना अधिकारी डीएसपी मदन केसीले जानकारी दिए । विष्णु र सुनिल उपचारपछि डिस्चार्ज भएको र अरु ४ घाइतेलाई थप उपचारका लागी पोखराको मणिपाल अस्पतालमा रिफर गरिएको छ ।
प्रहरी मंगलबार बिहान घटनामा संलग्न रहेको आरोपमा ३ जनालाई पक्राउ गरेको छ । वडा नम्बर २ का सुनिल परियार, कलबहादुर थापा र अनिल परियारलाई पक्राउ गरिएको डीएसपी केसीले बताए ।