साउदीले पनि नेपालीलाई भिसामा रोक

काठमाडौँ । साउदीले पनि नेपालीलाई भिसामा रोक लगाएको छ । जेनजी आन्दोलनपछि उत्पन्न परिस्थितिलाई कारण देखाउँदै साउदीले नेपालीलाई भिसामा रोक लगाएको हो ।

यसअघि संयुक्त अरब इमिरेट्स (दुबई) ले नेपालीलाई भिसामा रोक लगाएको थियो । दुबईपछि हाल साउदीले पनि नेपालीलाई भिसामा रोक लागएको छ ।

EPIC EPIC EPIC

जेनजी आन्दोलनपछि जेलबाट भागेका कैदीहरु पनि फर्जी कागज देखाएर सीमा पार गर्ने वा मुलुकमा प्रवेश गर्न सक्ने भन्दै साउदीले नेपालीलाई भिसा दिन रोक लगाएको बताइएको छ । भदौ २४ गते जेनजी आन्दोनका क्रममा विभिन्न ठाउँबाट हजारौं कैदी भागेका थिए ।

जेलबाट भागेका कैदीहरुमध्ये केही पुनः कारागार फर्किए पनि अन्य कैदी कहाँ छन् ? कस्तो अवस्थामा छन् ? भन्ने यकिन छैन। यसरी भागेका कैदीहरु फर्जी कागजका भारमा सीमा पार गरेर जान सक्ने खतरा बढेपछि श्रम गन्तव्य मुलुकहरुले नेपालीलाई भिसामा दिन तत्कालका लागि रोक लगाएका हुन् । यसरी भिसामा लगाइएको रोक कहिलेसम्म रहन्छ भन्ने टुंगो छैन

यसरी दुबई, साउदी लगायतका देशले नेपालीलाई भिसा दिनै रोक लगाएपछि नेपालको आर्थिक स्थिरतालाई गम्भीर चोट पुर्याउने खतरा देखिएको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *