साउदी उडेको नेपाल वायुसेवाको विमान पाकिस्तानबाटै फर्कियो

काठमाडौं । काठमाडौंबाट साउदी अरेबियाको दमाम उडेको नेपाल एअरलाइन्सको जहाज बीच बाटोबाटै काठमाडौं फर्किएको छ । बुधबार राति काठमाडौंबाट दमामका लागि उडेको आरए २४१ उडानको जहाज पाकिस्तानको सीमा समाप्त भएर कुवेत प्रवेश गर्ने क्रममा प्रवेश नपाएपछि नेपाल नै फर्किएको हो ।

नेपाल एअरलाइन्सको उक्त जहाजमा टिकास प्रविधि फेल भएको थियो । यो प्रविधिले अरु जहाजसँगको दूरीबारे जहाजलाइ जानकारी दिन्छ । यसै प्रविधिको सहायताले पाइलटले आफ्नो जहाजलाई अरु जहाजसँग ठोक्किनबाट रोक्न तलमाथि गराउने वा मार्ग परिवर्तन गर्न सक्छन् ।

EPIC EPIC EPIC

तर नेपाल एअरलाइन्ससँगको बुधबारको उडानमा यो प्रविधि फेल भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतले जानकारी दियो । कुवेतको वायुसेवा नियममा टिकास प्रविधि नभएका जहाजलाई आफ्नो आकासमा प्रवेश नदिने उल्लेख भएका कारण नेपाल एअरलाइन्सले पनि कुवेतको आकासमा प्रवेशको अनुमति पाएन् ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *