साढे १९ खर्ब हाराहारीको बजेट ल्याइँदै

whatsapp sharing button

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षका लागि साढे १९ खर्ब हाराहारीको बजेट बनाउँदै छ । राष्ट्रिय योजना आयोगका उपाध्यक्षको संयोजकत्वमा हुने राष्ट्रिय स्रोत अनुमान समितिले आगामी आर्थिक वर्षको बजेटका लागि १८ खर्बको बजेट सिलिङ तोकिदिए पनि त्यसभन्दा ठूलो आकारको बजेटको तयारी अर्थ मन्त्रालयले गरिरहेको हो ।

राष्ट्रिय योजना आयोगले तयार पारेको मध्यकालीन खर्च संरचनामा तोकिएअनुसार साढे १९ खर्ब हाराहारीको बजेटको तयारी भएको मन्त्रालय स्रोतले बतायो । मध्यकालीन खर्च संरचनाले आगामी आर्थिक वर्षको बजेट १९ खर्ब ४९ अर्ब ५० करोडको हुनुपर्ने उल्लेख गरेको छ ।

EPIC EPIC EPIC EPIC EPIC

बजेटको आकार बढे पनि त्यसले विकासमा भने खासै योगदान गर्न नसक्ने अवस्था देखिएको छ । खासगरी, ऋणको सावाँ ब्याज भुक्तानीका लागि विनियोजन हुने वित्तीय व्यवस्था शीर्षकमा चालु आर्थिक वर्षभन्दा १ खर्ब ६ अर्ब रुपैयाँ बढी विनियोजन गर्नुपर्ने अवस्था रहेको बजेट लेखन टोलीका एक सदस्यले बताए ।

यससँगै, जाजरकोट भूकम्प प्रभावितका क्षेत्रको पुनर्निर्माण लागि पनि सरकारले यो वर्षबाट बजेट विनियोजन शुरु गर्नुपर्ने अवस्था छ । आगामी आर्थिक वर्ष भूकम्पपछिको पुनर्निर्माणका लागि २५ अर्ब रुपैयाँ थप दायित्व सृजना हुने अर्थ मन्त्रालय स्रोतले बतायो ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *