साताको पहिलो कारोबार दिन :नेप्से परिसूचकमा ४०.५७ अंकले गिरावट, ५ अर्ब ८३ करोडमा सीमित

काठमाण्डाै- साताको पहिलो कारोबार दिन आइतबार शेयरबजार मापक नेप्से परिसूचक ४०.५७ अंकले घटेर २८३६.१७ विन्दुमा झरेको छ । त्यस्तै, आज सेन्सेटिभ इण्डेक्स पनि ७.७३ अंक घटेर ५३१.९२ विन्दुमा झरेको छ । फ्लोट इण्डेक्स २.८ अंक र सेन्सेटिभ इण्डेक्स २.४८ अंकले घटेको छ ।

आइतबार कारोबारमा आएका २२८ कम्पनीको १ करोड ६ लाख ५१ हजार कित्ता शेयर ५ अर्ब ८३ करोड ६४ लाख १४ हजार रुपैयाँमा कारोबार भएको छ । गत बिहीबारको तुलनामा आइतबार कारोबार रकममा समेत गिरावट आएको छ । गत बिहीबार ८ अर्बभन्दा बढीको शेयर कारोबार भएको थियो ।

EPIC EPIC EPIC

आइतबार १३ वटै उपसमूहको परिसूचक गिरावट आएको छ । जसमध्ये जीवन बीमा उपसमूहको परिसूचक भने सबैभन्दा बढी ३.५७ प्रतिशतले घटेको छ । वित्त उपसमूहको परिसूचक २.४१, विकास बैंकको १.९६, अन्यको १.६८, व्यापारको १.६६, लघुवित्तको १.४८, लगानीको १.३१, जलविद्युत्‌को १.१३ र बैंकिङ उपसमूहको १.०४ प्रतिशत घटेको नेप्सेले जनाएको छ ।

आइतबारको कारोबारमा नेप्सेसँगै कारोबार रकम घटे पनि नेपाल हाइड्रो डेभलपर्स कम्पनीको शेयरमूल्य भने सबैभन्दा बढी ८.०८ प्रतिशतले बढेको छ । एनआरएन इन्फ्रास्ट्रक्चर, शिखर इन्स्योरेन्स, साहस ऊर्जाको शेयरमूल्य पनि बढेको छ । तर यता विन नेपाल लघुवित्तको शेयरमूल्यमा भने सबैभन्दा बढी गिरावट आएको छ ।

कारोबार रकमका आधारमा आइतबार अरुण भ्याली हाइड्रोपाव शीर्ष स्थानमा छ । यस कम्पनीले  ५४ करोड ४९ लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार गर्न सफल बन्यो । त्यस्तै, कारोबार रकमका आधारमा दोस्रो बनेको नेपाल लाइफ इन्स्योरेन्सले ४२ करोडभन्दा बढीको शेयर कारोबार गर्न सफल बनेको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *