सात वर्षीया बालिकाको घाँटी रेटेर हत्या

सुर्खेत । लेकबेँसी नगरपालिका–१ सुर्खेत निवासी गगनबहादुर सुनारकी सात वर्षीया छोरी मनिषा सुनारको घाँटी रेटेर हत्या गरिएको अवस्थामा शव फेला परेको छ ।

सुनारको शव उनको घर देखि ५०० मिटर उत्तरमा छिमेकी देवीलाल सुनारको खरबारीमा फेला परेको हो ।

EPIC EPIC EPIC EPIC EPIC

सुनार आइतबार बिहान नजिकैको पसलमा सामान किन्न भनेर गएकी थिइन । लामो समय सुनार घर नफर्केपछि उनको परिवारले छरछिमेक तथा आफन्तकोमा खेजी गरेको थियो । परिवारले फेला पार्न नसकेपछि सोमबार बिहान प्रहरीलाई खबर गरेको थियो ।

खबर प्राप्त भएलगत्तै इप्रकाका प्रमुख प्रहरी निरीक्षक चक्रबहादुर देउवाको नेतृत्वमा रहेको पाँच प्रहरीको टोलीले खोजतलास गर्दा देवीलालको खरबारीमा घाँटी रेटिएको अवस्थामा शव फेला पारेको थियो।

घटनास्थलमा जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक पदमबहादुर विष्टसहित कर्णाली प्रदेश प्रहरी अनुसन्धान ब्युरोको टोलीले अनुसन्धान गरिरहेको जनाइएको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *