सात वर्षीया बालिकाको बलात्कार गरी हत्या

भोजपुरमा एक सात वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको छ । 

शनिबार बिहान आमचोक गाउँपालिका–६ टेङलुङछुकस्थित जंगलको गुफामा पानीमुनी बालिकाको शव फेला भेटिएको हो ।

EPIC EPIC EPIC EPIC EPIC

बालिकामाथि बलात्कारपछि हत्या गरेको आरोपमा प्रहरीले सोही थुन्कीका २१ वर्षीय दिपचन्द्र राईलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय भोजपुरका डिएसपी सुदीपराज अनुसार नाबालिका बिहीबार साँझ अन्दाजी ६ बजेदेखि हराइरहेकी थिइन् । परिवारले आफ्नी छोरी खेलिरहेको बेलामा हराएको भन्दै फोनमार्फत प्रहरीलाई जानकारी गराएका थिए ।

उक्त खबर पाएपछि प्रहरीको टोलीले घरमा पुगेर बालिकाको विवरणहरू लिएको थियो । शुक्रबार इलाका प्रहरी कार्यालय बोयाङ र इलाका प्रहरी कार्यालय घोडेटारबाट प्रहरीको टोली खटिएर नाबालिकाको खोजी गर्न थालेको थियो ।

प्रहरीले अनुसन्धान गर्ने क्रममा अन्तिम पटक दिपचन्द्रसँग नाबालिकाको भेट भएको खुलेको थियो । दिपचन्द्र नाबालिकाका छिमेकीसमेत हुन् । मृतक परिवारले पनि उनीमाथि शंका गरेको थिएन ।

सुरूमा प्रहरीले उनलाई सोधपुछ गर्दा आफूलाई घटनाबारे थाहा नभएको बताइरहेका थिए । तर प्रहरीले उनको शरीरमा हेर्दा ढाडमा चिथोरेका घाउहरू भेटिएको थियो । घटना स्वीकार गरेपछि प्रहरीले शवबारे सोधेको थियो । त्यसक्रममा प्रहरी शनिबार बिहान ८ बजे टेङलुङछुकस्थित जंगलको गुफामा पुगेको थियो, जहाँ नाबालिकाको शव फेला परेको हो ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *