साथी मार्टको ब्रान्ड एम्बास्डरमा हमाल

काठमाडौं । साथी मार्टको ब्रान्ड एम्बास्डरमा राजेश हमाल नियुक्त भएका छन् ।


देशका विभिन्न ठाउँमा ८५ भन्दा बढी आउटलेट विस्तार गरिसकेको साथी मार्टले बिहीबार काठमाडौंमा एक कार्यक्रम गरी हमाललाई ब्रान्ड एम्बास्डर नियुक्त गरेको हो ।

EPIC EPIC EPIC

बिहीबार साथी मार्टका फाउन्डर तथा सीईओ सागर पोखरेल र नायक हमालले सम्झौता पत्रमा हस्ताक्षर गरे । अब हमालले विभिन्न माध्यमबाट साथी मार्टको प्रचारप्रसार गर्नेछन् ।

आईएसओ ९००१:२०१५ प्रमाणित कम्पनी साथी मार्टले रिटेल चेन स्टोरको अपरेसन, अनलाइन सपिङ, एफिलिएट मार्केटिङ, स्थानीय र अन्तर्राष्ट्रिय उत्पादनहरूको वितरणमा आईएसओ स्ट्यान्डर्ड प्राप्त गरेको छ । साथी मार्टले आफ्ना सबै मार्टमा यस आर्थिक वर्षमा तीन सय प्रतिशतसम्मको बिक्री बढाउने योजना रहेको जनाएको छ ।

बिक्री बढाउन छुट, नेशनल कस्टमर मेम्बरसिप, एफिलिएट मार्केटिङ, नयाँ अफर, फल्यास सेल्स, मेड इन नेपाल कलेक्सन, पिक अप सुविधा र अनलाइन सेल्सलाई प्राथमिकता दिइएको बताइएको छ ।

साथी मार्टको यसै वर्ष दुई सय आउलेट खोल्ने तयारी भइरहेको सीईओ पोखरेलले बताए । आफूहरूले काठमाडौंभन्दा बाहिरका स्थानलाई प्राथमिकतामा राखेको बताउँदै पोखरेलले रिटेल मार्केटलाई गाउँ गाउँसम्म पुर्‍याउने लक्ष्य बोकेको जानकारी दिए ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *