Search
Close this search box.
Search
Close this search box.

साथी ‘सुखमा पनि, दुःखमा पनि’ द्वारा कचनकवलका दुई अपाङ्गलाई ह्विलचेयर वितरण

कचनकवल — साथी ‘सुखमा पनि, दुःखमा पनि’ संस्थाले झापाको कचनकवल गाउँपालिकाका दुई अपाङ्ग व्यक्तिलाई ह्विलचेयर वितरण गरेको छ।

संस्थाले कचनकवल–१ का पूर्ण अशक्त इमानसिंग लिम्बू र कचनकवल–२ का तुलसीराम गुरुङलाई ह्विलचेयर प्रदान गरेको हो। वितरण कार्य राष्ट्रिय युवा संघ कचनकवलका अध्यक्ष नवराज ढुंगानाको विशेष पहलमा सम्पन्न भएको हो।

EPIC EPIC EPIC

कार्यक्रममा कचनकवल अपाङ्ग संस्थाका सचिव जितबहादुर गुरुङलगायतको उपस्थितिमा ह्विलचेयर हस्तान्तरण गरिएको थियो।

‘सुखमा पनि, दुःखमा पनि’ संस्था भद्रपुर उच्च माविको २०५४/५५ सालको एसएलसी ब्याचका पूर्व विद्यार्थीहरूद्वारा स्थापित सामाजिक संस्था हो। यो समूहले विभिन्न सामाजिक काम गर्दै आएको छ।

संस्थाका अध्यक्ष विश्वराज थापाले आफ्नो प्रयास अपाङ्गता भएका व्यक्तिहरूको जीवन सहज बनाउन केन्द्रित रहेको बताउँदै आगामी दिनमा पनि यस्ता सहयोगी अभियानलाई निरन्तरता दिने प्रतिवद्धता जनाएका छन्।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *