गजल
यन्जना पौडेल / बुद्धशान्ति झापा ।
बारम्बार परिक्षा लिन्छ , मेरो आफ्नै तक्दिर पनि
न निन्द्रा लाग्ने न भोक लाग्ने बिष रहेछ पीर पनि !
सबै भय सधै अप्रीय रहिरहदैन महोदय !
साथ छुटेपछि प्रीय लाग्छ ,डरलाग्दो भिर पनि
पराईले दुखाउदैनन ,चोट दिने आफ्नै हुन्छन
आफ्नै भएर धोकाको हानेउ तिम्ले तिर पनि !
ऎनामा मात्र प्रतिबिम्ब हराउछ बिम्ब हटेपछि
नहट्दो रहेछ यो मनभित्र बसेको तस्बिर पनि !
हुन्छ यहाँ आफ्नै शरीर आफैलाई बोझ हुन्छ ,
चिन्ताले हरपल सताएपछी बोझ हुन्छ शिर पनि !
One Response
Ramro x gajal man chhune rahe x.