साफ च्याम्पियनसिप: पाकिस्तानसँग नेपाल १ गोलले पराजित

साफ यु-१९ फुटबल च्याम्पियनसिप अन्तर्गत पहिलो खेलमा नेपाल पाकिस्तानसँग पराजित भएको छ। बिहीबार साँझ काठमाडौंस्थित दशरथ रंगशालामा पाकिस्तानविरूद्धको खेलमा नेपाल १ गोलले पराजित भएको हो। पहिलो हाफमा दुबै देशका खेलाडीहरूले गोल गर्न सकेका थिएनन्। दोस्रो हाफमा भने पाकिस्तानले गोल गरेको हो।

पाकिस्तानका लागि अलि जफरले ७७ औं मिनेटमा गोल गरेका हुन्। जफरको गोल नै जितका लागि निर्णायक हुन पुगेको हो। यो प्रतियोगिता बिहीबारदेखि असोज १३ गतेसम्म प्रतियोगिता हुनेछ।

EPIC EPIC EPIC

प्रतियोगिताको समूह ‘ए’ मा नेपाल, माल्दिभ्स र पाकिस्तान छन्। अर्को समूहमा भारत, भुटान र बंगलादेश छन्। प्रतियोगिताको सुरूआती दुई संस्करण नेपालले जितेको थियो। गत वर्ष भारतमा भएको च्याम्पियनसिपमा भने घरेलु टिम च्याम्पियन बनेको थियो।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
ट्रेन्डिङ
ताजा अपडेट
सर्च