साफ यू–१९ च्याम्पियनसिप : बुद्धशान्तिका उपेन्द्र ल्वागुन अन्तिम टोलीमा छनोट

बुद्धशान्ति। राष्ट्रिय अन्डर नाइन्टिन फुटबल टोलीका मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले भारतमा हुन लागेको साफ अन्डर नाइन्टिन पुरुष च्याम्पियनसिप २०२५ का लागि अन्तिम टोली घोषणा गरेका छन्।

प्रतियोगिता यही वैशाख २६ गतेदेखि जेठ ४ गतेसम्म भारतमा आयोजना हुनेछ। प्रतियोगितामा माल्दिभ्स, भुटान र बंगलादेश समूह ‘ए’ मा छन् भने नेपाल, आयोजक भारत र श्रीलंका समूह ‘बी’ मा छन्।

EPIC EPIC EPIC EPIC EPIC

नेपालको अन्तिम टोलीमा गोलकिपर झापा बुद्धशान्ति–१ का उपेन्द्र ल्वागुनसहित भक्तबहादुर परियार र विशेष बानियाँ परेका छन्।
डिफेन्डरमा रोशन तामाङ, रोहन मोक्तान, प्रशान्त मोक्तान, कुशाहाङ नेम्वाङ, मदन पौडेल, राम थापा, विजय उर्बा र सिद्धान्त खड्का छन्।

त्यस्तै, मिडफिल्डमा कृष्णबहादुर आले, कृष थापा मगर, सरोज दर्लामी, लाछु थापा, सविनकुमार लुङेली मगर, रणजीत लामा, सुभाष बम र विज्ञान खड्का रहेका छन्।
फरवार्डमा पवन पाख्रिन, धर्मेन्द्र कुँवर, सुजन डंगोल र प्रसुन तामाङले टोली सम्हाल्नेछन्।

झापा बुद्धशान्ति–१ का उपेन्द्र ल्वागुन अन्तिम टोलीमा परेपछि वडा अध्यक्ष अनिल वाग्लेले बधाई दिएका छन्।
अध्यक्ष वाग्लेले भने, “उपेन्द्र भाइले दुनियाँमा पाइला टेक्नुभएको छ। अबको यात्रा अझ संघर्षपूर्ण हुनेछ। सफलता मिलोस्। विपक्षी देशका कैयौँ प्रहारहरू रोक्दै देशका लागि खम्बा बन्न सफल हुनुहोस्। अवसरको दुनियाँामा प्रवेश गर्नुभएको छ, अवसरले उपलब्धिको शिखर चुम्न सकोस्। धेरै धेरै शुभकामना।”

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *