सामाजिक व्यक्तित्व राजु गिरीले विद्यालयमा मनाए जन्मदिन

लक्ष्मीपुर । सामाजिक व्यक्तित्व झापा अर्जुनधारा–५ का राजु गिरीले विद्यार्थीसँग आफ्नो जन्मोत्सव मनाएका छन् ।

गिरीले जन्मदिनमा गरिने फजुल खर्च कटाएर अर्जुनधारा–५ स्थित बागेडाँगीको समावेशी प्राथमिक बिद्यालयमा अध्ययनरत बिद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेर जन्मदिन मनाएका हुन् । सहारा नेपालका लेखा अधिकृत समेत रहेका गिरीले समावेशी प्राविमा अध्ययनरत सबै विद्यार्थीलाई विद्यालयको पोशाक वितरण गरेर जन्मदिन मनाएका छन् ।

EPIC EPIC EPIC EPIC EPIC

आज परेको गिरीको जन्मदिनको अवसर पारेर उहाँकी श्रीमती मिना गिरीसहितले उक्त विद्यालयमा पुगेर विद्यार्थीलाई पोशाक बितरण गरेका हुन् । गिरीले प्रत्येक वर्ष आफ्नो, श्रीमती र छोराछोरीको जन्मदिन तथा आफ्नो बैवाहिक वर्षगाँठको अवसरमा विभिन्न सामाजिक कार्य गर्दै आएका छन् ।

स्थानीय जेष्ठ नागरिक तोयानाथ अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा गिरीले सबैले फजुल खर्च गरेर मनाउने जन्मदिनको साटो सामाजिक कार्य गरेर मनाउन आग्रह गरेका छन् । उनले आगामी दिनमा पनि यस्ता कार्यक्रममा सहयोग गर्दै जाने प्रतिबद्धता जनाए ।

बाल कक्षादेखि कक्षा–५ सम्म अध्ययापन हुने उक्त विद्यालयमा ६३ जना विद्यार्थी अध्ययनरत छन् । विद्यालयमा शिक्षक र कर्मचारी गरेर पाँच जना रहेका विद्यालयका प्रधानाध्यापक मेघप्रसाद भट्टराईले जानकारी दिए । पोशाक बितरण कार्यक्रमको सहजीकरण बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष टेकनाथ अधिकारी (महेन्द्र) ले गरेका थिए ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *