सामाजिक सञ्जालमा चर्चा :७८ वर्षीया वृद्धालाई स्वास्थ्य स्वयंसेविकाले बोकेर पुर्‍याइन् खोपकेन्द्र

काठमाडौं । गुल्मीकी एक स्वास्थ्य स्वयंसेविका कोरोना विरुद्धको खोप लगाउन एक वृद्धालाई बोकेर लैजाँदै गरेको तस्वीरका कारण चर्चामा आएकी छन् ।

गत शुक्रबार गुल्मी दरबार गाउँपालिका वडा नं ३ राजाघरकी ४२ वर्षीया लीला थापाले सोही गाउँपालिका वडा नं ३ पुर्खेकी ७८ वर्षीया देवकला टण्डनलाई बोकेर खोप लगाउन लगेपछि सामाजिक सञ्जालमा चर्चामा आएकी हुन् ।

EPIC EPIC EPIC EPIC EPIC

गाउँपालिकामा बुधबारदेखि ज्येष्ठ नागरिकहरुको लागि जोन्सन एण्ड जोन्सन खोप लगाउने कार्यक्रम शुरु भएको थियो । बिहीबार बिहानै टण्डनको परिवारले देवकला आफ्नो स्वास्थ्य अवस्थाका कारण खोप लगाउन जान नसक्ने जानकारी दिएपछि थापाले उनलाई बोकेर खोप केन्द्रसम्म पुर्‍याएको गाउँपालिकाका स्वास्थ्य संयोजक नारायणप्रसाद अर्यालले जानकारी दिए ।अनलाइनखबर

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *