सामाजिक सञ्जाल बन्दविरुद्ध आज माइतीघरमा प्रदर्शन

काठमाडौं – सामाजिक सञ्जाल बन्दविरुद्ध आइतबार प्रदर्शन गर्न लागिएको छ । आइतबार दिउँसो २ बजे काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन आह्वान गरिएको हो ।

नेपाल पत्रकार महासंघका पूर्वपदाधिकारी र पूर्वकेन्द्रीय सदस्यहरूले विज्ञप्ति जारी गर्दै बन्द गरिएका सामाजिक सञ्जाल तत्काल खुला गरी अभिव्यक्ति स्वतन्त्रता र नागरिक अधिकारको सम्मान गर्न माग गरेका छन् ।

EPIC EPIC EPIC

‘सामाजिक सञ्जालको नियमनका लागि सरोकारवाला निकाय तथा विज्ञहरूको सहभागितामा अध्ययन कार्यदल गठन गरी दीर्घकालीन र विधिसम्मत समाधान खोज्न सरकारलाई आह्वान गर्दछौँ,’ विज्ञप्तिमा उल्लेख छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *