Search
Close this search box.
Search
Close this search box.

सामाजिक सद्भाव र खेलकुद विकासको सम्वाहक बुधबारेको हाउजी खेल

इटालीमा सोह्रौँ शताब्दीबाट खेल्न सुरु भएको हाउजी खेल नेपालमा भने बिसौँ शताब्दीको अन्त्यबाट खेल्न सुरु भएको हो । झापाको बुद्धशान्ति (तत्कालिन बुधबारे गाविस)मा भने वि.स. २०५३ सालमा आदर्श यूवा क्लबले यो खेल भित्र्याएको हो ।

त्यस बेला बुधबारे बजार स्थित आदर्श यूवा क्लबको कार्यालय भवन अगाडिको सानो चौरमा पाँच रुपैयाँ टिकट दरमा केही व्यक्तिहरुबाट सुरु भएको यो खेल २७ वर्ष पछि बुधबारेको पहिचान बन्न सफल भएको छ ।

EPIC EPIC

हाउजीको माध्यमबाट क्लबलाई आर्थिक स्रोत जुटाउन सहज होस् भनी सुरु गरिएको भएतापनि आदर्श यूवा क्लबले निरन्तरता दिन सकेन । त्यसपछि शान्ति समाज बुधबारेले प्रत्येक वर्ष खेलाइने हाउजी खेललाई निरन्तरता दियो र वि.स. २०६८ साल देखि पुन आदर्श यूवा क्लबले खेल आयोजना गर्न थाल्यो ।

क्लबका तत्कालिन अध्यक्ष लोकराज ढुंगाना अझै सम्झना गर्छन्, “क्लबको आर्थिक अवस्था कम्जोर थियो, तर पनि बुधबारेको पहिलो संस्थालाई जोगाउने दायित्व पनि हामीमा थियो । त्यसैले हामीले शान्ति समाजलाई आग्रह गर्यौं र पुन खेल आयोजना गर्न थाल्यौँ । २०६८ सालमा पहिलो पटक फाइनल खेलका दिन एलइडी टेलिभिजन पुरस्कार दिँदा बखतको खेलप्रेमीहरुको उत्साह अझै पनि सम्झना आउँछ ।”

अहिले प्रत्येक वर्ष वडा दशैँको घटस्थापना देखि छठ पर्वको भोलिपल्टसम्म यो खेलको आयोजना हुन्छ । केही व्यक्तिहरुले खेल्ने यो खेलमा हाल दैनिक ३०० देखि ५०० सम्म सहभागी हुन्छन् ।

बुद्धशान्ति मात्र नभई झापाको विर्तामोड, मेचीनगर, अर्जुनधारा, इलामको रोङ, सूर्योदय तथा पाँचथर जिल्लाबाट समेत यो खेलमा सहभागी हुने गरेका छन् । पहिले एक्लै एक्लै खेल खेल्न आउनेहरु अहिले परिवार नै सहभागी हुन्छन् ।

एकसयबढी युवालाई फुटबल तालिमको अवसर

वि.सं. २०५३ सालमा क्लब सञ्चालनका लागि हाउजी खेलाउन सुरु गरेको भएतापनि हाल हाउजी खेल खेलाउनुको उद्देश्य वृहत भएको छ । हाउजी खेलबाट भएको आम्दानीबाट क्लबले १२० जना स्थानीय यूवाहरुलाई फुटबल खेल तालिम सञ्चालन गर्दछ र त्यस मध्ये १५ सदस्य महिला फुटबल टोलिले पनि निरन्तर प्रशिक्षण लिइरहेका छन् ।

त्यस्तै खेलाडीहरुको जिल्ला तथा राष्ट्रिय स्तरको छनौटमा सहभागीताका लागि क्लबले नै सम्पूर्ण व्यबस्था मिलाउँदछ । खेलाडी सँगै फुटबल प्रशिक्षक तथा रेफ्री उत्पादनमा समेत क्लबले सहयोग गर्ने गरेको छ ।

हालै वडा स्तरीय क्रिकेट आयोजना सम्पन्न गरेको क्लबले अबका वर्षमा फुटबल सँगै क्रिकेट खेलको विकासमा समेत लगानी गर्ने क्लबका उपाध्यक्ष तथा हाउजी खेल आयोजक समिति संयोजक दिपक सुब्बा थेवे बताउँछन् ।

निष्पक्षता र पारदर्शिता नै बुधबारेको हाउजीको सफलताको सुत्र हो: थेवे

हाउजी खेल सफलतापूर्वक सञ्चालन गर्नु आँफैमा चुनौतिपूर्ण छ । दैनिक ३०० देखि ५०० जना सहभागीको व्यबस्थापन गर्नु र सहभागीहरुबाट आइपर्ने समस्याहरु सभाधान गर्नु सबै भन्दा चुनौतिपूर्ण रहेको हाउजी खेल संयोजक थेवे बताउँछन् । यसबाहेक पनि शान्ति सुरक्षाको व्यबस्थापन गर्नु उतिकै चुनौति रहेको छ ।

थेवे भन्छन्, “हामीले खेललाई निष्पक्ष रुपमा संचालन गर्छौ, विशेष खेलहरु तथा फाइनल खेललाई प्रोजेक्टरबाट लाइभ गर्ने गरेका छौँ र यसवर्ष पनि यसलाई निरन्तरता दिनेछौँ, यसले आयोजकप्रति सहभागीको विश्वास बढाउने हुँदा हामीले खेलाउने खेलहरुमा समस्याहरु कम आउँछन् । निष्पक्ष र पारदर्शी भएर नै आदर्श यूवा क्लबले २ दशक देखि निरन्तर सफलता पूर्वक हाउजी खेल आयोजना गर्न सफल भएको हो ।”

बुधबारेमा हाउजीलाई निरन्तरता दिन खुल्ला स्थानको भने चुनौति सधैँ रहिरहने देखिन्छ । हाल व्यक्तिको खाली जग्गामा सञ्चालन भइरहेको खेल आगामी वर्षहरुमा कहाँ आयोजना गर्ने भन्ने चुनौती सदैव रहिरहने छ ।

कार्तिक २१ र २५ मा विषेश खेल, मंसिर ४ मा समापन

कार्तिक १ गतेबाट सुरु भएको हाउजी खेल अघिल्ला वर्ष झैँ छठ पर्वको भोलीपल्ट मंसिर ४ गते समापन हुनेछ । यस वर्ष के पुरस्कार दिने भन्ने निर्णय नभए पनि अघिल्लो वर्ष झैँ यस वर्ष पनि मोटरसाइकल पुरस्कार हुने सम्भावना रहेको संयोजक थेवे बताउँछन् ।

खेलका सहभागीहरुलाई अझ अत्साहित बनाउनका लागि बीच बीचमा विशेष खेलको समेत आयोजना गर्ने गरेको र आगामी कार्तिक २१ गते र २५ गते विशेष खेलको आयोजना हुने र सो खेलमा हाउसफल पुरस्कार १ तोला सुन रहने संयोजक थेवेले बताए ।

बुधबारेमा सञ्चालन हुने हाउजी खेल मनोरन्जनका लागि मात्र नभई सामाजिक सद्भाव तथा जमघट हुने राम्रो माध्यम बनेको छ । चाडवाडको बेलामा पुराना साथीभाइको भेटघाट गर्ने र गफिने ठाउँ बनेको छ हाउजी । हाउजीको आम्दानीबाट यस क्षेत्रमा खेलकुद विकासका लागि उल्लेखीय योगदान पूर्याइरहेको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

suraj-dangal

सुरज दंगाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *